
माओवादीमा सैनिक विद्रोहको संभावना
by
Nepal Info
on Sun 01 Jan 2006 05:32 AM PST
डा. विष्णुराज उप्रेती
Possibility of revolt in the Maoist army
Dr. Bishnuraj Upreti, conflict expert
विचार/ विवेचना
नेपालमा चलेको सशस्त्र द्वन्द्व र राजाको
हुकुमी शासन गर्ने महत्वकांक्षाले देश अब आम नरसंहार र विदेशी हस्तक्षेप वा शासकीय
सत्ताको भागबण्डा वा आमूल परिवर्तनका चौबाटोमा उभिएको छ। हाम्रो देश यी तीन वटा
मध्ये कुनै पनि अवस्थामा कुनै पनि समय प्रवेश गर्न सक्छ। राजाको प्रत्यक्ष शासन
गर्ने महत्वकांक्षाका कारण गणतन्त्रको आवश्यकता देख्ने नेपालीको संख्या ह्वात्तै
बढेको हुदा राजतन्त्रको अस्थित्वमाथि दरबारले खतरा महसुस गरेको देखिन्छ। सक्रिय
राजतन्त्र भएका देशमाजनता राजतन्त्रको विरोधमा उत्रदा दरवार आक्रमक भई राजतन्त्र
विरोधीहरुको नरसंहारमा गएको उदाहरण संसारका थुप्रै देशका इतिहासले प्रस्तुत
... more »