Maoists attack at several security camps in Dhangadi
धनगढी, पुस २७
युद्धविराम भंग भए लगत्तै ठूला कार्वाहीहरुमा नउत्रेका माओवादीहरुले अहिले बेलुका धनगढीका धेरै सरकारीकार्यालहरुमा फाइरिग शुरु गरेको थाह हुन आएको छ। नेपाल न्यूज र कान्तिपूर अनलाइनका अनुसार धनगढीका क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय बाणिज्य बैंकहरुमा सूरक्षा अधिकारीहरु र माओवादीहरुविच दोहोरो फायरिग भैरहेको छ। फाइरिग अहिले बेलुका पौने ७ बजेको आसपासबाट शुरु भएको थियो। घाइते तथा हताहतीबारे कुनै जानकारी प्राप्त भएको छैन।