Government suspends phone services in Janakpur
जनकपूर, पुस २७
सात दलले भोली जनकपूरमा गर्न लागेको
विरोध प्रदर्शनलाई अवरुद्ध पार्ने उदेश्यले सरकारले जनकपूर क्षेत्रमा
टेलीफोन सेवा अवरुद्ध पारेको छ। जनकपूरमा भोली अहिलेसम्म तराइमा भएका
हरुमध्ये सबैभन्दा ठूलो जनपर्दशन गर्न सात दलले तयारी पूरा गरेका
छन्। यसै क्रममा विरोध सभामा भागलिन वरिपरिका जिल्लाहरुबाट
कार्यकर्ताहरु ओइरिने क्रम शुरु भएको छ भने सवारी चेकका नाममा
सूरक्षाकर्मीहरुले सात दलका कार्यकर्ता तथा सवारी चालकहरुलाई दूरव्यवहार
गर्दै अनावश्यक केरकार गरेका छन्। आज जनकपूरमा ११ बजेसम्म मोवाइल सेवा
अवरुद्ध गरिएको थियो भने त्यसपछि खुलेको मोवाइल सेवापनि स्पष्ट आवाज आउन
नसक्ने बनाइएको छ।