View Article  भोली दिनभर कर्फुयू लाग्ने

Autocratic government imposes full day curfeu for Friday

काठमाडौ माघ ६
राजधानिमा हुने भोलीको प्रदर्शनबाट आत्तिएको कायर शाही सरकारले अन्तत कर्फ्यूको घोषणा गरेको छ। नेपाल टेलिभिजनबाट अहिले बेलुका प्रसारित समाचार अनुसार काठमाडौको चक्रपथ एरियाभित्र भोली बिहान ८ बजेदेखि शुरु हुने कर्फ्यू भोली बेलुका ६ बजे अन्त्य हुनेछ।  अत्याबश्यक काममा हिड्नेहरुले सरकारीअनुमति पत्र लिनुपर्ने र कार्यालयहरुमा विहान ८ बजेनै कर्मचारीहरुलाई उपस्थित हुनपनि सरकारले सूचना जारी गरेको छ।

जे जस्तो अवस्था अाइलागेपनि भोलीको प्रदर्शन नरोकिने राजनीति पार्टीहरुले जनाएका थिए तर यो घोषणापछि के हुने भन्ने जानकारी भने प्राप्त भएको छैन तर नेपालबाट एक पत्रकारले जनाएअनुसार भोलीको प्रदर्शन रोकिने कुनै संभावना छैन। प्रत्यक्ष रुपमा सभा जुलुस हुन सक्ने अवस्था नभएमापनि राजनीतिक पार्टीहरुले छापामार शैलीमै भएपनि प्रदर्शन गरेरै छोड्नेछन्। भोलीको कार्यक्रम अनुसार भोली उपत्यकाका ७ ठाउबाट जुलुश प्रदर्शन हुने भनि सात दलले घोषणा गरेका थिए। जसअनुसार नेपाली कांग्रेसले टेकुस्थित का‌ग्रेस कार्यालय र एमालेले कालीमाटीबाट जुलुस निकाल्ने र दिउसो दूइ बजे बसन्तपूरमा सभाको अायोजना गर्ने कार्यक्रम तय भएको थियो।  तर कर्फ्यूका कारण यि कार्यक्रमहरुमा प्रत्यक्ष असर पर्ने भएका छन्।

View Article  दिल्लीमा भोली प्रदर्शन हुने

Mass protest to held in New Delhi on Friday

नयादिल्ली संवाददाता
नयादिल्ली, माघ ६
 प्रवासी नेपालीहरुले नेपालमा सरकारले गरेको दमन र धरपकडको बिरोध र लोकतान्त्रिक आन्दोलनको समर्थनमा नयाँ दिल्लीमा प्रदर्शन गर्ने व्यापक तयारी गरेका छन। आज दिनभर नेपालमा विकसित घटना क्रमका विरोधमा नेपालीहरुले यो कार्यक्रमको आयोजना गरेका हुन्। जसअनुसार विहान १० बजे दिल्ली स्थित शाही नेपाली राजदुतावास अगाडि र दिउसो दुइ बजे दिल्लीको मुटु मानिने जन्तर मन्तरमा प्रदर्शन हुदैछ। यो प्रदर्शन अपर्झट आयोजना भएको भएपनि नेपाली र भारतीय नेताहरु विरोध कार्यक्रममा सहभागी हुनेछन्। यसैगरी प्रवासी नेपालीहरुले २९ जनवरीमा पनि दिल्लीमा व्यापक प्रदर्शन गर्ने भनि राखेको कार्यक्रम भने यथावत नै छ।  उता नयाँ दिल्लीमा कार्यालय रहेको एशियन हयुमन राइटस संघले कुनै पनि मुलुकलाई नेपालका राजा ज्ञानेन्द्रलाई भिसा नदिन आज अपिल गरेको छ।

View Article  प्रदिप नेपाललाई सरकारको पूर्जी

Arrest letter to CPN (UML) spokesman Pradeep Nepal

 



राज्यको सासन सुव्यवस्थामा खलल पुर्याएको भन्दै जिल्ला प्रसासन कार्यालय काठमाडौले एमालेका नेता प्रदिप नेपालका विरुद्ध तयार पारेको नजरबन्दको पत्र। पत्रमा शान्ती सूरक्षा एेनले दिएको अधिकार प्रयोग गरी ९० दिनसम्म गुहेश्वरी दूवाबोटमा नजरबन्दमा राख्न अादेश दिइएको छ।

View Article  कर्फ्यूले राजधानी अस्तव्यस्त

 Curfeu hits life hard in the capital


काठमाडौं माघ ६
 सात दलले शुक्रबार गर्न लागेको प्रदर्शनबाट त्रसित सरकारले राजधानीमा लागू गरेको
कर्फ्यू समय दिनका दिन बढाइरहेको छ। कुन दिन कति बजे कर्फ्यूलाग्छ भन्ने पत्तै नहुँदा राजधानीबासी ज्यादै त्रस्त छन। घरबाट बाहिर हिड्दा कति बेला कहाँ कर्फ्यू लागेर रोकिनु पर्ला भन्ने पत्तै हुँदैन।
बुधबारदेखि रिङ्गरोड क्षेत्रभित्र लगाएको कर्फ्यूले उपत्यकाको जनजीवन अस्तब्यस्त बनेको छ। सरकारले प्रत्येक दिन एक घण्टा समय बढाउँदै लगेको छ। अघिल्ला दुइ दिनझै बुधवार बेलुका एक घण्टा बढाएर ९ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू लगाएकाले अन्यौलता सिर्जना भएको छ।
अचानक एक घण्टा कर्फ्यू समय बढाइएकाले बुधबार र्सवसाधारणलाई आफ्नो गन्तव्य पुग्न हम्मेहम्मे परेको थियो। राजधानीबाहिरबाट आउने कैयौ यात्रु कलंकी चोकमा अलपत्र देखिन्थे। आठ बजेदेखि यातायात ठप्प थियो। फाट्टफुट्ट चलेका यातायातले पनि चौबर भाडा अशुलेका थिए। कलंकीदेखि त्रिपुरेश्वरसम्म पुग्न यात्रुहरुले माइक्रोबसमा समेत १५ रुपैया तिर्नु पर्‍यो।
ट्याक्सी चालकहरु मिटरमा आफ्नो सवारी गुडाउन मानिरहेका थिएनन। उनीहरुले मिटरमा ५० रुपैया लाग्ने स्थानमा पुग्न दुइ सय रुपैया मोलिरहेका थिए। 'कर्फ्यू लगाएर सरकारले मनपरीतन्त्र बढायो' एक यात्रुले भने।
कर्फ्यूले गर्दा राजधानीका शिक्षण संस्था समेत प्रभावित भएका छन।    more »

View Article  मोवाइलमा देखिएको खवर

Telephone services suspended



                                                                        तस्विर: उमेश/  मेरो संसार
शाही सरकारले फेरिपनि मोवाइल र टेलीफोन लाइनहरुमा व्लक गर्ने काम शुरु गरेको छ। शाही सरकारले टेलीफोनहरुलाई  अवरुद्ध पारेर घरमा सुतिरहेका नेताहरुलाई अोच्छ्यानबाट प्रकाउ गरेर र जथाभावी सुरक्षाकर्मीहरुलाई सडकमा अोराल्दै  नागरिक आतंक मच्चाएर भोलीको प्रदर्शनलाई रोक्ने प्रयास गरेपनि भोलि राजधानीमा विशाल प्रदर्शन भएरै छोड्नेदेखिएको छ।  नाका नाकाबाट कार्यकर्ताहरु राजधानी आउने क्रम शुरु भैसकेको छ भने गिरफ्तारीबाट जोगिदै भोलीको प्रदर्शनीमा भाग लिन केही नेताहरु भूमिगत हुने क्रम हुनेक्रमपनि शुरु भएको छ। उता सरकारको यो तानाशाही कदमलाई अन्तराष्ट्रिय जगतलेपनि आफ्नो ध्यान आकर्षण भएको जनाएका छन्। राजधानीमा अहिले बेलुका ८ बजेदेखि शुरु हुने कर्फ्यू र निषेधाज्ञाहरु तोडेर नागरिकहरु सडकमा अोर्लन तयार छन् भन्ने कुरा आजका प्रदर्शनहरुले संकेत गरिसकेका छन्।

View Article  राजधानीमा व्यापक धरपकड र नाकाहरुमा सुरक्षा कडाइ

Over two hundred democratic activists arrested


काठमाडौं माघ ६
भोली हुन लागेको सात दलको प्रदर्शनलाई रोक्न सरकारले व्यापक धरपकड शुरु गरेको छ। यसक्रममा सयौ नेता तथा कार्यकर्ताहरुलाई विना पूर्जी जथाभावी प्रकने काम शुरु भएको छ। सरकारले जथाभावी पक्राउ गर्न शुरु गरेपछि राजनीतिक दलका कार्यकर्ताहरु र नेताहरु भूमिगत हुन थालेका छन्।  भोलीको प्रदर्शनीलाई प्रभावित पार्ने उदेश्यले सरकारले एकाविहानैदेखि साधारण टेलीफोन र मोवाइल सम्पर्कहरु विच्छेद  गरेको छ। यसैक्रममा  अहिलेसम्म ६५ जनालाई पक्राउ गरिएको भनि सरकारले बताएपनि यो संख्या एक शय भन्दा बढी रहेको अनुमान गरिएको छ।  आफ्ना कार्यकर्ताहरु कति प्रकाउ परे  भन्नेबारे पार्टीहरुलाई समेत जानकारी छैन। यसैगरि नेपाली काग्रेस सभापति गिरीजा प्रसाद कोइराला र एमाले महासचिव माधव कुमार नेपाललाई आ आफ्ना घरमै कडा सुरक्षाविच राखिएको छ।
उता भोलीको प्रदर्शनलाई अवरुद्ध पार्ने प्रयास स्वरुप सुरक्षाकर्मीहरुले उपत्यका प्रबेश गर्ने नाकाहरु कडाइ गरिरहेका छन् भने बस तथा माइक्रो चालकहरुलाई जथाभावी प्रश्नहरु गरेर हैरान पार्ने  र पक्राउ परेका नेता तथा कार्यकर्ताहरु पक्राउ गरेर ति यातायातहरुमा अोसार्ने काममा प्रयोग भैरहेका छन्।
जथाभावी भैरहेको धरपकडबारे आजै यूरोपियन यूनियन भारत र जापानले नेपालको पछिल्लो बिकासक्रमले आफूहरुको ध्यान तानिरहेको बताएकाछन्। नेपालस्थित भारतिय राजदूत शिवशंकर मूखर्जीले नेपालको पछिल्लो घटनाक्रमबारे दील्लीमा जानकारी गराइएको प्रतिक्रिया दिनुभएको छ। यसैगरि राष्ट्रिय मानवअधिकार आयोगलेपनि यो घटनाक्रमले आफ्नो ध्यान आकृष्ट भएको जानकारी दिएको छ।
यसैविच एमाले महासचिव माधवकुमार नेपालले जे जस्तो अवस्था आइपरेपनि भोलीको प्रदर्शनकालागि कर्फ्यू र निषेधाज्ञा तोड्दै राजधानीका सडकमा लाखौ मानिस उतार्ने बताउनुभएको छ ।भोलीको राजधानी प्रदर्शनको शुरुवातको क्रममा आज बिहानैदेखि राजधानीका गल्लीहरुमा सिधै तथा  छड्के प्रदर्शनहरु शुरु भएका छन्। बांकी हेरौ एट्याच्चमेन्टमा।

1 Attachments