Curfeu hits life hard in the capital

काठमाडौं माघ ६
 सात दलले शुक्रबार गर्न लागेको प्रदर्शनबाट त्रसित सरकारले राजधानीमा लागू गरेको
कर्फ्यू समय दिनका दिन बढाइरहेको छ। कुन दिन कति बजे कर्फ्यूलाग्छ भन्ने पत्तै नहुँदा राजधानीबासी ज्यादै त्रस्त छन। घरबाट बाहिर हिड्दा कति बेला कहाँ कर्फ्यू लागेर रोकिनु पर्ला भन्ने पत्तै हुँदैन।
बुधबारदेखि रिङ्गरोड क्षेत्रभित्र लगाएको कर्फ्यूले उपत्यकाको जनजीवन अस्तब्यस्त बनेको छ। सरकारले प्रत्येक दिन एक घण्टा समय बढाउँदै लगेको छ। अघिल्ला दुइ दिनझै बुधवार बेलुका एक घण्टा बढाएर ९ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू लगाएकाले अन्यौलता सिर्जना भएको छ।
अचानक एक घण्टा कर्फ्यू समय बढाइएकाले बुधबार र्सवसाधारणलाई आफ्नो गन्तव्य पुग्न हम्मेहम्मे परेको थियो। राजधानीबाहिरबाट आउने कैयौ यात्रु कलंकी चोकमा अलपत्र देखिन्थे। आठ बजेदेखि यातायात ठप्प थियो। फाट्टफुट्ट चलेका यातायातले पनि चौबर भाडा अशुलेका थिए। कलंकीदेखि त्रिपुरेश्वरसम्म पुग्न यात्रुहरुले माइक्रोबसमा समेत १५ रुपैया तिर्नु पर्‍यो।
ट्याक्सी चालकहरु मिटरमा आफ्नो सवारी गुडाउन मानिरहेका थिएनन। उनीहरुले मिटरमा ५० रुपैया लाग्ने स्थानमा पुग्न दुइ सय रुपैया मोलिरहेका थिए। 'कर्फ्यू लगाएर सरकारले मनपरीतन्त्र बढायो' एक यात्रुले भने।
कर्फ्यूले गर्दा राजधानीका शिक्षण संस्था समेत प्रभावित भएका छन। विद्यार्थीहरुले पढन पाइरहेका छैनन। दूइ दिनदेखि आफूले छोरीलाई विद्यालय पठाउन नपाएको गुनासो महांकालकी रेश्मा खतिवडाले गुनासो गरिन ।'कति बेला कर्फ्यू लाग्छ, पत्तै हुँदैन, बच्चालाई घर बाहिर कसरी पठाउनू' उनले आफ्नो त्रास दर्शाउदै भनिन्।
सरकारले सुरक्षा घेरा कसिलो बनाउँदै लगेको छ। चोकचोक र गल्लीगल्लीमा सुसज्जित हतियारसहितका जत्था खडा गरिनाले र्सवसाधारण आतंकित बनिरहेका छन। 'अब के होला, के हुन लागेको यो -' यही प्रश्न राजधानीका हरेक स्थानमा र्सवसाधारणले गरिरहेका छन।
सरकारले बिहीबार एकाबिहानैदेखि राजधानीबाट राजनीतिक दलका नेता तथा कार्यकर्तालाई ओछ्यानबाटै पक्राउ गर्न थालेपछि र्सवसाधारण झनै त्रसित देखिन्छन। राजधानीका सडकमा अघिल्ला दिनको तुलनामा बिहीबार र्सार्वजनिक यातायातका साधन कम चलिरहेका छन।
र्सार्वजनिक यातायातका चालकलाई पनि सुरक्षाकर्मीले दुख दिइरहेका छन  माइक्रो बस चालक राम तामाङ्गका अनुसार, ट्राफिक प्रहरीले सबै माइक्रोलाई बिहीबार उपत्यका ट्राफिक कार्यालयमा आउन निर्देशन जारी गरेको छ। ट्राफिक प्रहरीले बुधवार बेलुकैवाट उपत्यकामा चल्ने आधा भन्दा बढी सवारी साधन आफ्नो नियन्त्रणमा लिएको छ।
ू समय दिनका दिन बढाइरहेको छ। कुन दिन कति बजे कर्फ्यूलाग्छ भन्ने पत्तै नहुँदा राजधानीबासी ज्यादै त्रस्त छन। घरबाट बाहिर हिड्दा कति बेला कहाँ कर्फ्यू लागेर रोकिनु पर्ला भन्ने पत्तै हुँदैन।