Over two hundred democratic activists arrested
काठमाडौं माघ ६
भोली हुन लागेको सात दलको प्रदर्शनलाई रोक्न सरकारले व्यापक धरपकड शुरु गरेको छ। यसक्रममा सयौ नेता तथा कार्यकर्ताहरुलाई विना पूर्जी जथाभावी प्रकने काम शुरु भएको छ। सरकारले जथाभावी पक्राउ गर्न शुरु गरेपछि राजनीतिक दलका कार्यकर्ताहरु र नेताहरु भूमिगत हुन थालेका छन्। भोलीको प्रदर्शनीलाई प्रभावित पार्ने उदेश्यले सरकारले एकाविहानैदेखि साधारण टेलीफोन र मोवाइल सम्पर्कहरु विच्छेद गरेको छ। यसैक्रममा अहिलेसम्म ६५ जनालाई पक्राउ गरिएको भनि सरकारले बताएपनि यो संख्या एक शय भन्दा बढी रहेको अनुमान गरिएको छ। आफ्ना कार्यकर्ताहरु कति प्रकाउ परे भन्नेबारे पार्टीहरुलाई समेत जानकारी छैन। यसैगरि नेपाली काग्रेस सभापति गिरीजा प्रसाद कोइराला र एमाले महासचिव माधव कुमार नेपाललाई आ आफ्ना घरमै कडा सुरक्षाविच राखिएको छ।
उता भोलीको प्रदर्शनलाई अवरुद्ध पार्ने प्रयास स्वरुप सुरक्षाकर्मीहरुले उपत्यका प्रबेश गर्ने नाकाहरु कडाइ गरिरहेका छन् भने बस तथा माइक्रो चालकहरुलाई जथाभावी प्रश्नहरु गरेर हैरान पार्ने र पक्राउ परेका नेता तथा कार्यकर्ताहरु पक्राउ गरेर ति यातायातहरुमा अोसार्ने काममा प्रयोग भैरहेका छन्।
जथाभावी भैरहेको धरपकडबारे आजै यूरोपियन यूनियन भारत र जापानले नेपालको पछिल्लो बिकासक्रमले आफूहरुको ध्यान तानिरहेको बताएकाछन्। नेपालस्थित भारतिय राजदूत शिवशंकर मूखर्जीले नेपालको पछिल्लो घटनाक्रमबारे दील्लीमा जानकारी गराइएको प्रतिक्रिया दिनुभएको छ। यसैगरि राष्ट्रिय मानवअधिकार आयोगलेपनि यो घटनाक्रमले आफ्नो ध्यान आकृष्ट भएको जानकारी दिएको छ।
यसैविच एमाले महासचिव माधवकुमार नेपालले जे जस्तो अवस्था आइपरेपनि भोलीको प्रदर्शनकालागि कर्फ्यू र निषेधाज्ञा तोड्दै राजधानीका सडकमा लाखौ मानिस उतार्ने बताउनुभएको छ ।भोलीको राजधानी प्रदर्शनको शुरुवातको क्रममा आज बिहानैदेखि राजधानीका गल्लीहरुमा सिधै तथा छड्के प्रदर्शनहरु शुरु भएका छन्। बांकी हेरौ एट्याच्चमेन्टमा।