Autocratic government imposes full day curfeu for Friday
काठमाडौ माघ ६
राजधानिमा हुने भोलीको प्रदर्शनबाट आत्तिएको कायर शाही सरकारले अन्तत कर्फ्यूको घोषणा गरेको छ। नेपाल टेलिभिजनबाट अहिले बेलुका प्रसारित समाचार अनुसार काठमाडौको चक्रपथ एरियाभित्र भोली बिहान ८ बजेदेखि शुरु हुने कर्फ्यू भोली बेलुका ६ बजे अन्त्य हुनेछ। अत्याबश्यक काममा हिड्नेहरुले सरकारीअनुमति पत्र लिनुपर्ने र कार्यालयहरुमा विहान ८ बजेनै कर्मचारीहरुलाई उपस्थित हुनपनि सरकारले सूचना जारी गरेको छ।
जे जस्तो अवस्था अाइलागेपनि भोलीको प्रदर्शन नरोकिने राजनीति पार्टीहरुले जनाएका थिए तर यो घोषणापछि के हुने भन्ने जानकारी भने प्राप्त भएको छैन तर नेपालबाट एक पत्रकारले जनाएअनुसार भोलीको प्रदर्शन रोकिने कुनै संभावना छैन। प्रत्यक्ष रुपमा सभा जुलुस हुन सक्ने अवस्था नभएमापनि राजनीतिक पार्टीहरुले छापामार शैलीमै भएपनि प्रदर्शन गरेरै छोड्नेछन्। भोलीको कार्यक्रम अनुसार भोली उपत्यकाका ७ ठाउबाट जुलुश प्रदर्शन हुने भनि सात दलले घोषणा गरेका थिए। जसअनुसार नेपाली कांग्रेसले टेकुस्थित काग्रेस कार्यालय र एमालेले कालीमाटीबाट जुलुस निकाल्ने र दिउसो दूइ बजे बसन्तपूरमा सभाको अायोजना गर्ने कार्यक्रम तय भएको थियो। तर कर्फ्यूका कारण यि कार्यक्रमहरुमा प्रत्यक्ष असर पर्ने भएका छन्।