Mass protest to held in New Delhi on Friday
नयादिल्ली संवाददाता
नयादिल्ली, माघ ६
प्रवासी नेपालीहरुले नेपालमा सरकारले गरेको दमन र धरपकडको बिरोध र लोकतान्त्रिक आन्दोलनको समर्थनमा नयाँ दिल्लीमा प्रदर्शन गर्ने व्यापक तयारी गरेका छन। आज दिनभर नेपालमा विकसित घटना क्रमका विरोधमा नेपालीहरुले यो कार्यक्रमको आयोजना गरेका हुन्। जसअनुसार विहान १० बजे दिल्ली स्थित शाही नेपाली राजदुतावास अगाडि र दिउसो दुइ बजे दिल्लीको मुटु मानिने जन्तर मन्तरमा प्रदर्शन हुदैछ। यो प्रदर्शन अपर्झट आयोजना भएको भएपनि नेपाली र भारतीय नेताहरु विरोध कार्यक्रममा सहभागी हुनेछन्। यसैगरी प्रवासी नेपालीहरुले २९ जनवरीमा पनि दिल्लीमा व्यापक प्रदर्शन गर्ने भनि राखेको कार्यक्रम भने यथावत नै छ। उता नयाँ दिल्लीमा कार्यालय रहेको एशियन हयुमन राइटस संघले कुनै पनि मुलुकलाई नेपालका राजा ज्ञानेन्द्रलाई भिसा नदिन आज अपिल गरेको छ।