'Government is responsible in the break of ceasefire'
काठमाडौ, पुस १८
आन्दोलनरत सात दलले सशस्त्र
विद्रोही माओवादीले चार महिना पुरानो एकतर्फी युद्धविराम भंग गर्नु दुखद
भएको उल्लेख गर्दै भावी युद्धको सम्पूर्ण जिम्मेवारी राजाले लिनुपर्ने
भन्दै युद्धविराम भंग हुनुमा राज्य पक्षको मूल दोष भएको बताएका छन्।
बैठकबारे जानकारी दिदैं एमाले महासचिव माधवकुमार नेपालले युद्धविरामको भंग
हुनुमा वर्तमान सत्ता नै दोषी रहेको ठहर गरिएको बताउनुभयो। 'आगामी
दिनमा माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन पहल गर्र्छौ, आमनागरिकको
रक्षाका लागि जनेभा सन्धी र मानवअधिकारको सम्मान गर्न हामी विद्रोहीलाई
आहृवान गर्दछौ' उहाले थप्नुभयो। युद्धविराम भंग भए पनि विद्रोही र सात
दलबीचको बाह्र बुँदे समझदारी कायम रहने नेपालको भनाइ थियो।
काग्रेस
नेता अर्जुननरसिंह केसीले ह्दै सात दलले युद्धविराम लम्ब्याउन आग्रह गरे
पनि माओवादीसँग त्यो स्वीकार गर्ने स्थिति नरहेकाले युद्धविराम भंग गरेको
हुन सक्ने बताउनुभयो। प्रजातान्त्रिक काग्रेसका गोपालमान श्रेष्ठले
युद्धविराम भंग दुखद घट्ना भएको उल्लेख गर्दै जिम्मेवारी सत्ताले
लिनुपर्ने उल्लेख गर्दै भन्नुभयो- 'सत्ताले चार महिनासम्म सम्बोधन
नगरेकाले युद्धविराम भंग भयो, हिंसाको बाटो नलिई शान्तिपूर्ण आन्दोलन
गर्नूस भन्छौं, बाह्र बुँदे समझदारी अझै अगाडी बढछ' ।