View Article  नया दिल्लीमा प्रदर्शन: दर्जनौ गिरफतार

Dozens arrested from Delhi protest

Photo and text: Rewati Sapkota, New Delhi

 


    

राजधानीमा भएको दमनको बिरुद्ध नयादिल्लीमा नेपाली दूतावास अगाडी भएको विरोध प्रदर्शनमा सहभागी नेपाली तथा भारतीय नेताहरु। बिहानको विरोध कार्यक्रममा प्रदर्शनकारीहरुलाई पक्राउ गरिएपनि दिउसोको प्रदर्शनी भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो।  तस्विर र समाचार रेवती सापकोटा ।

नया दिल्ली ,माघ ७
यो तस्वीर भारतको राजधानी नया दिल्लीमा प्रवासी नेपालीहरुले शुक्रवार गरेको एउटा सांकेतिक तर ऐतिहासिक प्रदर्शनको झलक हो। नया दिल्लीस्थित शाही नेपाली दुतावासको यो परिसर निषेधित क्षेत्र हो। प्रदर्शनकारीहरुले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु पर्ने, सबै किसिमको दमन धरपकड बन्द हुनु पर्ने र भारत लगायत अन्तराष्ट्रिय समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग र समर्थन गर्नु पर्ने माग गरेका थिए। दिल्लीको रायीसीना मार्गवाट बिहान निस्केको जुलुसले राजदुतावास अगाडि पुगेर धर्ना दिएको थियो। झण्डै एक घण्टासम्म धर्ना दिदा समेत दिल्ली प्रहरी त्यहा पुगेको थिएन। त्यतिन्जेलसम्म प्रदशर्नकारीहरुले राजदुतावासको प्रवेशद्धारमा आफना व्यानरहरु टाग्न भ्याएका थिए भने नेपालमा नेता कार्यकर्ता र जनता माथि भएको दमन धरपकडको निकै आलोचना गरेका थिए। तर त्यतिबेला राजदुत कर्णराज अधिकारी भने राजदुतावासमा थिएनन। उनका सहकर्मीहरु प्रवेशद्धारामा आएर धर्नालाई राम्रैसग नजर गरेका थिए।
यो धर्नामा प्रक्राउ पर्ने पत्रकारहरुमा अरुणदेउ जोशी, जीतमान बस्नेत,शैलेस आचार्य, दिनेश प्रर्साई, प्रवासी नेपाली संघका खिमलाल पोखरेल, लोकनाथ भण्डारी,खगेश्वर काफले, लेखनाथ आचार्य,सीता अधिकारी,मोहन पाण्डे, शिव रावल, तेज थापा, अखिल भारत नेपाली बिद्यार्थी संगठनका युवराज आचार्य, राजु भट्टर्राई, जनसर्म्पर्क समितिका बालकृष्ण पाण्डे, भारतीय पत्रकार तरुण बोस, सोसलिष्ट फ्रन्टका राम जैर र जयवीर समाजवादी नेता डा रघुवीर सिंह ठाकुर, के राम मूर्ती, राकेश भट्ट, मुकेश बगौडा, उपेन्द्रसिंह रावत लगायत छन।
 पक्राउ गरिएकाहरु सबैलाई करीव ६ घण्टा तिलक मार्गस्थित प्रहरी थाना थुनिएको थियो। साझ मात्र रिहा गरिएको थियो। तिलक मार्गमा आफना सहकर्मीहरु थुनिएकै बेला प्रवासी नेपालीहरुले दिल्लीको मुटु मानिने संसद मार्गमा दिउसो प्रदर्शन गरेका छन। त्यहा भने कसैलाई पनि पक्राउ गरिएको थिएन।
   more »

View Article  सात राजनीतिक दलको प्रदर्शन भोली

Seven Democratic parties to protest Saturday

काठमाडौ, माघ ७
 शनिवारको विरोध कार्यक्रमलाई सरकारले विथोल्ने प्रयास गरेपछि सात राजनीतिक दलहरुले भोली राजधानीमा विशाल जुलुस र सभा गर्ने भएका छन्। सरकारले भोली दिउसो सामान्य राख्न तयार रह्यो भने लाखौं नागरिकहरु शाही सरकारका विरुद्ध सडकमा उत्रनेछन्। आजको प्रदर्शनबाट डराएर सरकारले  दिउसै कर्फ्यू लगाएको थियो। कार्यक्रम अनुसार शनिवार २ बजे वसन्तपुरमा सभा हुनेछ। सात दलको संयुक्त आन्दोलन कार्यदलको शुक्रबार बसेको बैठकले शनिवारको कार्यक्रम तय गर्नुको साथै शुक्रबारको प्रदर्शन सरकारको हस्तक्षेपका बाबजुद सफल भएको दावी गरेको छ।
पूर्व निर्धारित स्थानहरुमा आ-आफ्ना दलका कार्यकर्ताहरुले १ बजेबाट जुलुस प्रदर्शन गर्ने दलहरुले जनाएका छन। सात दलबीचको सहमतिमा शुक्रबार साँझ कर्फ्यू समय सकिए लगत्तै राजधानीको कलंकी, मैतीदेवी, बल्खु, मंगलबजार, सोह्रखुट्टे, चाबहिललगायतका स्थानमा मशाल जुलुस प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा दूइ शय भन्दा बढीलाई गिरफ्तार गरिएको गृहमन्त्री कमल थापाले बताएकाछन्।

View Article  राजधानीको आन्दोलनले देशै ततायो

People protest throughout the country


       
दरवारको सुरक्षामा सुरक्षाकर्मी:  आज हुनेभनिएको प्रदर्शन अगावै दरवारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु। जनताको आंधिव्यहोरी उठ्न थालेको बेलामा दरवारले कति दिन आफूलाई यसरी सुरक्षित राख्न सक्छ ? तस्विर साभार: नेपाल न्यूज

काठमाडौ माघ ७
लोकतन्त्र स्थापनाको माग गर्दै सडकमा उत्रेका प्रदर्शनकारीहरुलाई रोक्न राजधानीमा शाही सरकारले कर्फ्यू लगाएपछि आज त्यसको प्रतिकारमा देशैभरी प्रदर्शन भएका छन्। बुटवल, पाल्पा, नेपालगन्ज, चितवन, पोखरा, सुर्खेत,धनगढी ,महेन्द्रनगर लगायत आदि ठाउहरुमा आज लाखौं नागरिकहरु लोकतन्त्र स्थापना र राजतन्त्रको अन्त्यको माग राखि सडकमा उत्रेका थिए। यसैगरि आजै दिल्लीमा भएको प्रदर्शनका क्रममापनि भारतिय पुलीसले केही नेपालीहरुलाई पक्राउ गरेको छ। आज बिहान नेपाली दूतावास अगाडी भएको प्रदर्शनका क्रममा उक्त धरपकड भएको थियो।
सरकारले जथाभावी नेता र कार्यकर्ताहरुलाई पक्राउ गर्न थालेपछि आज  सयुक्त राष्ट्र संघ, बेलायत, एम्नेष्टी इन्टरनेशनल, ह्युमन राइट वाच, इन्टरनेशनल कमिशन अफ ज्यूरिष्टटले लगायतका अन्तराष्ट्रिय संघ संस्था र मुलुकहरुले चिन्ता व्यक्त गरेका छन्।

View Article  राजधानीमा आन्दोलन जारी

Democratic movement continues in the capital

काठमाडौ माघ ७
सात राजनीतिक दलहरुको शान्तिपूर्ण प्रदर्शनबाट डराएर लाछी सरकारले लगाएको कर्फ्यूको अवज्ञा गर्दै आज राजधानीमा प्रदर्शन हुने क्रम जारी छ। आज विहान सुनधारा, पुल्चोक,सोह्रखुट्टे, बांसबारी लगायत भक्तपूरका विभिन्न चोक तथा क्षेत्रहरुमा प्रदर्शनहरु भैसकेका समाचार प्राप्त भएका छन् भने अहिले बेलुका ६ बजे कर्फ्यू हटेपछि पार्टीहरुले पुन प्रदर्शनकोलागि तयारी गरिरहेका छन्।
प्रदर्शन शुरु हुनुअगावै कांग्रेस सभापती गिरीजा प्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, केपी शर्मा ओली र भरतमोहन अधिकारी, नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेलाई घरमै बन्दी बनाइएको छ भने नेपाल, अधिकारी र विजुक्छेलाई तीन महिने पुर्जी थमाइएको छ। पूर्जीमा उनीहरुलाई घरबाट बाहिर नसिस्कन भनिएको छ। सबैको निवासमा सशस्त्र जत्था तैनाथ गरिएको छ। सभापति कोइरालाको निवासमा बिहान ४ बजेदेखि नै सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सुरक्षाकर्मी तैनाथ गरिएको थियो। कोइरालालाई सरकार समर्थित पत्रपत्रिका पढ्न, खानपिन गर्न र टेलिभिजन तथा रेडियो सुन्न दिइएको छ। तर टेलिफोन सर्म्पर्क विच्छेद गरिएको छ।
कोइरालालाई सरकारी मुखपत्र गोर्खापत्र, राइजिङ नेपाल, राजधानी दैनिक, साप्ताहिकमा जनमञ्च, जनभावना, जनधारणा, निष्पक्ष, हिन्दु, गोरखा एक्सप्रेसमात्र पढन पाउने गरी सरकारले तोकिदिएको छ। कोइरालालाई राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको कार्यालय, अन्तराष्ट्रिय रेडक्रसबाहेक अन्य कसैसँग भेटन नदिने पत्रमा उल्लेख छ। स्थिति बुझ्न अपरान्ह ११ बजे कोइराला निवास पुगेका राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले कोइरालालाई उद्धृत गर्दै भने-सरकारले बन्दी बनाए पनि मेरो प‍ूर्वत अडान यथावत छ, जुनसुकै अवस्थामा पनि संर्घष जारी रहन्छ।