Seven Democratic parties to protest Saturday

काठमाडौ, माघ ७
 शनिवारको विरोध कार्यक्रमलाई सरकारले विथोल्ने प्रयास गरेपछि सात राजनीतिक दलहरुले भोली राजधानीमा विशाल जुलुस र सभा गर्ने भएका छन्। सरकारले भोली दिउसो सामान्य राख्न तयार रह्यो भने लाखौं नागरिकहरु शाही सरकारका विरुद्ध सडकमा उत्रनेछन्। आजको प्रदर्शनबाट डराएर सरकारले  दिउसै कर्फ्यू लगाएको थियो। कार्यक्रम अनुसार शनिवार २ बजे वसन्तपुरमा सभा हुनेछ। सात दलको संयुक्त आन्दोलन कार्यदलको शुक्रबार बसेको बैठकले शनिवारको कार्यक्रम तय गर्नुको साथै शुक्रबारको प्रदर्शन सरकारको हस्तक्षेपका बाबजुद सफल भएको दावी गरेको छ।
पूर्व निर्धारित स्थानहरुमा आ-आफ्ना दलका कार्यकर्ताहरुले १ बजेबाट जुलुस प्रदर्शन गर्ने दलहरुले जनाएका छन। सात दलबीचको सहमतिमा शुक्रबार साँझ कर्फ्यू समय सकिए लगत्तै राजधानीको कलंकी, मैतीदेवी, बल्खु, मंगलबजार, सोह्रखुट्टे, चाबहिललगायतका स्थानमा मशाल जुलुस प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा दूइ शय भन्दा बढीलाई गिरफ्तार गरिएको गृहमन्त्री कमल थापाले बताएकाछन्।