Dozens arrested from Delhi protest

Photo and text: Rewati Sapkota, New Delhi

 


    

राजधानीमा भएको दमनको बिरुद्ध नयादिल्लीमा नेपाली दूतावास अगाडी भएको विरोध प्रदर्शनमा सहभागी नेपाली तथा भारतीय नेताहरु। बिहानको विरोध कार्यक्रममा प्रदर्शनकारीहरुलाई पक्राउ गरिएपनि दिउसोको प्रदर्शनी भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो।  तस्विर र समाचार रेवती सापकोटा ।

नया दिल्ली ,माघ ७
यो तस्वीर भारतको राजधानी नया दिल्लीमा प्रवासी नेपालीहरुले शुक्रवार गरेको एउटा सांकेतिक तर ऐतिहासिक प्रदर्शनको झलक हो। नया दिल्लीस्थित शाही नेपाली दुतावासको यो परिसर निषेधित क्षेत्र हो। प्रदर्शनकारीहरुले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु पर्ने, सबै किसिमको दमन धरपकड बन्द हुनु पर्ने र भारत लगायत अन्तराष्ट्रिय समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग र समर्थन गर्नु पर्ने माग गरेका थिए। दिल्लीको रायीसीना मार्गवाट बिहान निस्केको जुलुसले राजदुतावास अगाडि पुगेर धर्ना दिएको थियो। झण्डै एक घण्टासम्म धर्ना दिदा समेत दिल्ली प्रहरी त्यहा पुगेको थिएन। त्यतिन्जेलसम्म प्रदशर्नकारीहरुले राजदुतावासको प्रवेशद्धारमा आफना व्यानरहरु टाग्न भ्याएका थिए भने नेपालमा नेता कार्यकर्ता र जनता माथि भएको दमन धरपकडको निकै आलोचना गरेका थिए। तर त्यतिबेला राजदुत कर्णराज अधिकारी भने राजदुतावासमा थिएनन। उनका सहकर्मीहरु प्रवेशद्धारामा आएर धर्नालाई राम्रैसग नजर गरेका थिए।
यो धर्नामा प्रक्राउ पर्ने पत्रकारहरुमा अरुणदेउ जोशी, जीतमान बस्नेत,शैलेस आचार्य, दिनेश प्रर्साई, प्रवासी नेपाली संघका खिमलाल पोखरेल, लोकनाथ भण्डारी,खगेश्वर काफले, लेखनाथ आचार्य,सीता अधिकारी,मोहन पाण्डे, शिव रावल, तेज थापा, अखिल भारत नेपाली बिद्यार्थी संगठनका युवराज आचार्य, राजु भट्टर्राई, जनसर्म्पर्क समितिका बालकृष्ण पाण्डे, भारतीय पत्रकार तरुण बोस, सोसलिष्ट फ्रन्टका राम जैर र जयवीर समाजवादी नेता डा रघुवीर सिंह ठाकुर, के राम मूर्ती, राकेश भट्ट, मुकेश बगौडा, उपेन्द्रसिंह रावत लगायत छन।
 पक्राउ गरिएकाहरु सबैलाई करीव ६ घण्टा तिलक मार्गस्थित प्रहरी थाना थुनिएको थियो। साझ मात्र रिहा गरिएको थियो। तिलक मार्गमा आफना सहकर्मीहरु थुनिएकै बेला प्रवासी नेपालीहरुले दिल्लीको मुटु मानिने संसद मार्गमा दिउसो प्रदर्शन गरेका छन। त्यहा भने कसैलाई पनि पक्राउ गरिएको थिएन।