View Article  भारतलाई नेपाल भित्रिने हतियारको चासो
India discloses china-Nepal weapon deal

रेवती सापकोटा
नयादिल्ली, माघ ९
नेपाललाई सैनिक सहयता बन्द गर्दै आएको भारतले नेपालमा कति हातहतियार बाहिरबाट भित्रियो भन्ने कुराको गहिरो चासो भने राख्दै आएको छ भन्ने कुरा आज प्रकाशित हतियार सम्वन्धि समाचार हेरेपुग्छ।आज प्रकाशित भारतीय सरकारी समाचार संस्था प्रेस ट्रस अफ इण्डियाका अनुसार १८ हजार ग्रिनेड र चार हजार राउण्ड गोली नेपालले चीनवाट खरिद गरेको छ। यो समाचार उसले चीनिया दूतावासका कर्मचारिहरुलाई उध्रित गर्दे जनाएको हो। यसैगरी उसैका अनुसार पाकिस्तानवाट गैरघातक हतियार खरिद गरेको र इजरायलबाट समेत नेपालले हतियार खरिद गरेको हुनसक्छ। यस अघि भारतले नेपाललाई चार सय ५० करोड रुपैया बराबरको हतियार उपलब्ध गराएको थियो।

यसैगरी देशमा भैरहको सरकारी दमनको विरुद्धमा आज फेरि नया दिल्लीमा प्रदर्शन भएको छ।  नेपाली जनअधिकार सुरक्षा समितिद्धारा आयोजित प्रदर्शनमा सहभागी सयौले लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा नाराबाजी गरेका थिए। आकस्मिक रुपमा आयोजित आजको प्रदर्शनमा भाग लिन दिल्ली र आसपासमा रहेका गुडगाउ, फरिदावाद, र गाजियावाद लगायतका स्थानवाट सयौ नेपाली महिला तथा पुरुषहरु करीव डेढ दर्जन सवारी साधनमा आएका थिए। प्रदर्शनपछि आयोजित समारोहलाई बिभिन्न नेताहरुले संबोधन गरेका थिए।
गत शुक्रवार नेपालको राजधानी काठमाडौमा कफर्यू लगाएर सात राजनीतिक दलको कार्यक्रम माथि प्रतिबन्ध लगाएको समाचारलाई भारतीय अखवारहरु र टेलिभिजनहरुले महत्वका साथ प्रकाशन तथा प्रसारण गरिरहेका छन। आन्दोलकारीको समाचारलाई प्राथमिकता दिएको आरोपमा भारतीय टेलिभिजन च्यानल स्टार न्युज र आज तकको प्रसारणमा समेत रोक लगाईएको छ।



View Article  कसको कुरा पत्याउने ?
Whose report is convincing ?

काठमाडौ, माघ ९
आज बिहान मकवानपूरको फापरवारीमा भएको माओवादी र शाही सेना भिडन्तमा माओवादीको अाधिकारीक साइट कृष्णसेन अनलाईनले मकवानपूर भिडन्तवारे दिएको जानकारि अनुसार
त्यहा ६४ शाही सेना मारिए भने माओवादीतर्फ २२ जना मारिए।
तर आज काठमाडौबाट शाही सेनाको श्रोत उल्लेख गर्दै हिमालखवर डटकमका अनुसार उक्त घटनामा १४ माओवादी र ६ सुरक्षाकर्मी मारिएका छन्। कान्तिपूरअनलाईनका अनुसार १७ माओवादी दूइ सर्वसाधारण र ६ सेना मारिएको भनि शाही नेपाली सेनाले जानकारी दिएको छ। नेपाल न्यूजलाईपनि शाही नेपाली सेनाले १७ माओवादी र ६ सूरक्षाकर्मी मारिएको खवर दिएको छ। अव हामीले कसका कुरा पत्याउने ?  सूरक्षाकर्मीका कुरा पत्याउने हो भने कहिले उनीहरुले १४ माओवादी मारिएको त कहिले १७ भनेका छन्।   more »