Several clashes take place
काठमाडौ माघ ९
सुरक्षा फौज र माओवादी विद्रोहीबीच स्याङ्जा जिल्लाको गल्याङस्थित सिदार्थ राजमार्गको ८३ किलोमिटर भन्ने स्थानमा आइतबार बिहान १०.३० बजेदेखि दोहोरो भिडन्त भएको छ। बिहानै आठ बजेदेखि सो क्षेत्रमा माओवादीहरुले सडकमा ढुगामुढा राखेर सिर्द्धार्थ राजमार्ग अवरुद्ध पारेपछि बाटो खुलाउन त्यहाँ पुगेको सुरक्षाफौज र माओवादीबीच भिडन्त भएको शाही नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटर पोखराले जनाएको छ। भिडन्त अहिले पनि जारी रहेको सेनाले पुष्टी गरेको छ। यद्यपि भिडन्तमा सेना र माओवादीतर्फ के कति हताहति भयो भनेर सेनाले केही बताएको छैन।
यसैगरी शनिबार राति मकवानपुरको फापरबारीमा माओवादी र सुरक्षा फौजबीच भएको भिड्न्तमा १४ माओवादी र ६ सुरक्षाकर्मी मारिएका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नियमित गस्तीमा हिडेका सुरक्षा फौजमाथि माओवादीद्वारा आक्रमण गरेपछि सो भिडन्त भएको थियो। यस सम्बन्धमा माओवादी पक्षबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।
यसैगरी रुपन्देहीको देवदह गाविस अर्न्तगत पर्ने शितलनगर, खैरेनी, भलुही लगायतका ठाउँमा रुख ढाल्नुका साथै सडकमा सवारी साधन गुडन नसक्ने गरी अवरोध सिर्जना गरिएको छ भने बुटवल-नारायणघाट खण्डको ठाउँठाउँ रुख ढालेर सडक अवरुद्ध गरेका कारण महेन्द्र राजमार्गको अवागमन ठप्प भएको छ।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
देशका विभिन्न ठाउमा भिडन्त जारी
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||