Whose report is convincing ?

काठमाडौ, माघ ९
आज बिहान मकवानपूरको फापरवारीमा भएको माओवादी र शाही सेना भिडन्तमा माओवादीको अाधिकारीक साइट कृष्णसेन अनलाईनले मकवानपूर भिडन्तवारे दिएको जानकारि अनुसार
त्यहा ६४ शाही सेना मारिए भने माओवादीतर्फ २२ जना मारिए।
तर आज काठमाडौबाट शाही सेनाको श्रोत उल्लेख गर्दै हिमालखवर डटकमका अनुसार उक्त घटनामा १४ माओवादी र ६ सुरक्षाकर्मी मारिएका छन्। कान्तिपूरअनलाईनका अनुसार १७ माओवादी दूइ सर्वसाधारण र ६ सेना मारिएको भनि शाही नेपाली सेनाले जानकारी दिएको छ। नेपाल न्यूजलाईपनि शाही नेपाली सेनाले १७ माओवादी र ६ सूरक्षाकर्मी मारिएको खवर दिएको छ। अव हामीले कसका कुरा पत्याउने ?  सूरक्षाकर्मीका कुरा पत्याउने हो भने कहिले उनीहरुले १४ माओवादी मारिएको त कहिले १७ भनेका छन्। माओवादीको कुरा पत्याउंभने उनीहरुले त झन् ६० सेना मारिएको र २२ माओवादी मारिएको भनेका छन्। कृष्ण सेन अनलाईनको समाचार-

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नियमित गस्तीमा हिडेका सुरक्षा फौजमाथि माओवादीद्वारा आक्रमण गरेपछि सो भिडन्त भएको थियो। यस सम्बन्धमा माओवादी पक्षबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन। हेरौ समाचार जस्ताको तस्तै हिजो साझदेखि आज विहानसम्म शाही सेना र जनसेनाबीच मकवानपुरको फापरवारीमा भएको भीषण भिडन्तमा ६४ शाही सेना मारिएका छन् भने ५० जनाभन्दा बढी घाइते भएका छन्। (नेकपा-माओवादी) विशेष कमाण्ड इञ्जार्ज तथा जनसेनाका डेपुटी कमाण्डर क.अनन्तले दिनुभएको जानकारीअनुसार जनसेनाले सो आक्रमणबाट एलएमजी एक थान, त्यसका म्यागजिन१८ थान, गोली पाच हजार थान, सञ्चार सेट दुइ थान, रकेट लञ्चरका सेल १२ थान, टु-इञ्च मोर्टार सेल तीन थान, झोला २२ वटा र स्लिपीङ व्याग २२ वटा कब्जा गरेका छन्। सो भिडन्तमा जनसेनातर्फ बटालियन सहायक कमिसार क.कल्याण, कम्पनि कमाण्डर क.रविन, कम्पनि भाइस कमाण्डर शिखरसहित २२ जनाको शहादत भएको पनि उहाले बताउनुभएको छ।
कान्तिपूर अनलाइन को समाचार यहा र नेपाल न्यूजको समाचार यहा हेरौं।