India discloses china-Nepal weapon deal
रेवती सापकोटा
नयादिल्ली, माघ ९
नेपाललाई सैनिक सहयता बन्द गर्दै आएको भारतले नेपालमा कति हातहतियार बाहिरबाट भित्रियो भन्ने कुराको गहिरो चासो भने राख्दै आएको छ भन्ने कुरा आज प्रकाशित हतियार सम्वन्धि समाचार हेरेपुग्छ।आज प्रकाशित भारतीय सरकारी समाचार संस्था प्रेस ट्रस अफ इण्डियाका अनुसार १८ हजार ग्रिनेड र चार हजार राउण्ड गोली नेपालले चीनवाट खरिद गरेको छ। यो समाचार उसले चीनिया दूतावासका कर्मचारिहरुलाई उध्रित गर्दे जनाएको हो। यसैगरी उसैका अनुसार पाकिस्तानवाट गैरघातक हतियार खरिद गरेको र इजरायलबाट समेत नेपालले हतियार खरिद गरेको हुनसक्छ। यस अघि भारतले नेपाललाई चार सय ५० करोड रुपैया बराबरको हतियार उपलब्ध गराएको थियो।
यसैगरी देशमा भैरहको सरकारी दमनको विरुद्धमा आज फेरि नया
दिल्लीमा प्रदर्शन भएको छ। नेपाली जनअधिकार
सुरक्षा समितिद्धारा आयोजित प्रदर्शनमा
सहभागी सयौले लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा नाराबाजी गरेका
थिए। आकस्मिक रुपमा
आयोजित आजको प्रदर्शनमा भाग लिन दिल्ली र आसपासमा रहेका गुडगाउ, फरिदावाद,
र गाजियावाद लगायतका स्थानवाट सयौ नेपाली महिला तथा पुरुषहरु करीव डेढ
दर्जन सवारी साधनमा आएका थिए। प्रदर्शनपछि आयोजित समारोहलाई बिभिन्न नेताहरुले संबोधन गरेका थिए।
गत शुक्रवार नेपालको राजधानी काठमाडौमा कफर्यू लगाएर सात राजनीतिक दलको
कार्यक्रम माथि प्रतिबन्ध लगाएको समाचारलाई भारतीय अखवारहरु र
टेलिभिजनहरुले महत्वका साथ प्रकाशन तथा प्रसारण गरिरहेका छन। आन्दोलकारीको
समाचारलाई प्राथमिकता दिएको आरोपमा भारतीय टेलिभिजन च्यानल स्टार न्युज र
आज तकको प्रसारणमा समेत रोक लगाईएको छ।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
भारतलाई नेपाल भित्रिने हतियारको चासो
Comments
No comments found.
Trackbacks
TrackBack URL: |
Categories
This Month
Month Archive
|
||||||