Meeting at Royal palace, polls to be conducted at any cost

काठमाडौ, माघ १२
अहिले बेलुका दरवारमा बसेको मन्त्रीपरिषद बैठकले जसरीभएपनि नगरनिर्वाचन गरेरै छाड्ने निर्णय गरेको छ। गृहमन्त्री कमल थापा आजै पश्चिम मध्यपश्चिम र सूदूर पश्चिमको भ्रमण पूरा गरी बेलुका नै राजधानी फर्केका थिए। उनले राजासमक्ष नगरनिर्वाचन गर्न कुनै कठिनाइ नहुने जनाउदै निर्वाचनका सम्पूर्ण कार्यक्रम यथावत संचालन गर्न सकिने जानकारी गराएका थिए। यसैगरी अहिले बेलुका बुढानिलकन्ठ र महाराजगन्जको  र महांकाल गाविसमा शक्तिशाली बम पड्काएका छन्।

दलहरुको आन्दोलन जारी

सात दलद्धारा आयोजना गरिएको भोलीको नेपालबन्द कार्यक्रमलाई सफल पार्न आजपनि दलहरुको प्रदर्शन जारी रह्यो। दलका कार्यकर्ताहरुले आज काठमाडौ, पोखरा, सुर्खेत, विराटनगर र दाङमा विरोध जुलुसहरु निकालेका छन्। विरोध प्रदर्शनका क्रममा दर्जनौं कार्यकर्ता पक्राउ परेका छन्। यसैगरि आज दिनभर तनावग्रस्त रहेको पोखरामा अहिले बेलुका मसाल जुलुस निस्केको र धनगढी तथा नेपालगन्जमा माओवादी र सूरक्षाकर्मीविच दोहोरो फाइरिग भएको थाह हुन आएको छ। हताहतीको संख्याभने प्राप्त भएको छैन।