Majority of places have no Candidate
काठमाडौं, माघ १३
प्रमुख संसदवादी दलको सक्रिय बहिष्कार लत्याउँदै सरकारले गर्न लागेको नगर निर्वाचनका लागि ५८ नगरपालिकाका सबै स्थानमा भने उम्मेदवारी दर्ता भएनन्। उम्मेदवारको अभावमा सरकारले जर्वजस्ति उम्मेदवार उभ्याएको थियो। सात दलको सक्रिय बहिष्कार र माओवदीको धम्किको कारण सरकारले आफ्नो साधनस्रोतको दुरुपयोग गर्दै उम्मेदवार ओसारीरहेको थियो।काठमाडौं महानगरपालीकाका सात वटा वडाको अध्यक्ष पद उम्मेदवार विहिन बन्यो। त्यस्तै, ललितपुर उपमहानगरपालिकाका साथै किर्तिपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालीकाको पुरा स्थानमा उम्मेदवारी पर्न सकेन। राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकारी समूहले समेत उपत्यकाका सबै नगरपालीकामा उमेदवारी दिन सकेन। सरकारी राप्रपाले ललितपुरमा मेयर र उपमेयरका उम्मेदवार पाएन।अन्त कहा के के भयो एट्टयाच्मेन्ट फाइल हेर्नुहोस।