
पेरिसका चोक चोकमा नेपाली प्रेस
by
Nepal Info
on Fri 27 Jan 2006 04:13 PM CET
'Nepal press freedom week' in Paris 
पेरिस, माघ १४
राजाले शासन सत्ता हत्याएको माघ १९ मा एक बर्ष पुग्दैछ। यो अवधिमा नेपाली प्रेसले पाउनुसम्म दुख पायो। नागरिकहरुले पाउनुसम्म दुख पाए। नागरिकहरुलाई अधिकारविहीन बनाउने यो कालो दिनको बिरुद्ध नेपाली पत्रकारहरुले देखाएको अदम्य शाहसलाई कदर गर्दै रिपोर्टर विथआउट बोर्डरले पेरिसमा भव्य विरोध प्रदर्शन गर्दैछ पोष्टरहरु टासेर। रिपोर्टर विथआउट बोर्डरले गर्न लागेको यो पोष्टरहरुका आकार पेरिसका फराकिला शहर र चोकहरुमा रहेका होर्डीग बोर्डहरुको साइजमा छन् । यिनै होर्डिग बोर्डहरुमा यि पोष्टरहरु एकहप्तासम्म टांसिनेछ। more »

नांगेझार हुनेपालो अव राजाकै
by
Nepal Info
on Fri 27 Jan 2006 08:39 AM CET
विजय कुवर
Now the king has to be boycotted
Bijaya Kunwar
विचार / विवेचना
बिहीवार बाट नगर निर्वाचनमा उम्मेद्वारी दिने समय समाप्त भयो। प्रसासनिका काम काज नभएर देशै ठप्प भएका बेला नगरपालीका चुनावको खासै ठूलो महत्व छैन। नगरपालीका चुनाव के के न हो भनेजस्तो पारेर ५८ नगरपालीकामै निर्वाचन सफल पार्न सरकारले सबै उपायहरु अपनाएपनि अन्तत सबै ठाउमा उम्मेद्वारी पर्न सकेन। दलहरुको आन्दोलन या दवावका कारण मानिसहरुले उम्मेद्वारी दिन हिचकिचाएको कुरा त आफ्नो ठाउमा होला तर राजाको शासनलाई भित्रै देखि रुचाउने नागरिकहरु मुलुकमा रहेनछन् भन्ने कुरा बिहीवारको दिनले फेरि पुष्टि गरेको छ।
राज्य शक्तिको दूरुपयोग गरेर नगरपालीकाको निर्वाचन कथंकदाचित सम्पन्न हुनेभएपनि यो निर्वाचन अपुरो नै हुन्छ। किनभने सबै नगरपालीकाका सबै वडाहरुमा उम्मेद्वारहरु उठेका छैनन। उम्मेद्धार विहिन वडाहरुमा प्रसासनिक कामकाज अहिलेजस्तै लगभग ठप्पको अवस्थामा रहने निश्चितप्राय छ। देशलाई नागरिक पथमा हिडाउनु र नागरिकहरुले चाहेजस्तो राज्य संचालन गर्ने बाटो खुला गरिदिएर आफ्नो लोकप्रियतालाई मजबूत गराउनुको सट्टा राजा एउटा नेता झैं भोट माग्दै नागरिक भेटको दौडमा दौडेपनि राजालाई नगर निर्वाचन महगो सावित भएको छ। दरवारमा बस्ने राजा कस्ता रहेछन् , निरकुश राजा भनेको कस्तो हुन्छ भनेर हेर्नकालागिमात्र नागरिकहरुको भिड देखिदोरहेछ भन्ने कुरा राजाले राम्ररी बुझेका होलान। राजा पतन भएभने एउटा संझना स्वरुप उनको अक्षर राखौं न भन्ने भावनाले मात्र नागरिकहरुले अटोग्राफ माग्न चाहेका रहेछन् भन्ने कुराको हेक्कापनि राजालाई भयो होला। बल्ल बल्ल उमेद्धार खोजेर चुनाव गराउन लागेका राजालाई अव भोट नहालेर नागेझार पार्न सकियो भने राजाको मुलुक डोर्याउने पथको पर्दाफास हुनेछ। त्यसैले भोट बहिष्कारको आन्दोलनलाई अझै चर्काउन पर्ने देखिन्छ।
हुन त पार्टीहरुको आन्दोलन मजबुत बनिरहेको छ र एकपछि अर्को गरी मुलुकमा क्रान्तिको ज्वाला फैलिरहेको छ। एकाएक उपत्यका प्रदर्शन कायक्रमलाई सरकारले दवाएपछि मुलुकभर आन्दोलन चर्कीरहेछ। हिजोको नेपाल बन्दलाई हेर्यौं भने थाह हुन्छ कि सबैजसो नगरपालीकाहरुमा आन्दोलनले चर्को रुप लिइरहेको छ। मानिसहरुलाई सडकमा अोर्लेर नारा जुलुस गर्न कुनै डरत्रास छैन। यतिवेला नागरिकहरुले के बुझेका छन् भने राजाले मुलुकको विकास होइन कि बिनास गरिरहेछन्। नागरिकहरुलाई लुट्न सम्म लुटेर आफ्नो दशकौ पूरानो चिन्तन नागरिकहरुमा जबरजस्त लादेर राजा मुलुकमा भाले भैरहेका छन् । राजा भनेका समयका आबश्यकता होइनन बरु समय अनुसार परिवर्तन हुन नचाहने सत्तासिनहरु हुन्। यस्ता राजसत्ताहरु पतनको बाटोमा जान्छन् भन्ने कुरा विश्वका इतिहासहरुले सिद्ध गरिसकेका छन्। बिश्व इतिहास नपढ्ने राजालाई शिरमा राखेर बन्दुकको शासन टिकाइरहनदिन नागरिकहरु तयार छैनन। यो समय भनेको सबै नागरिकहरुलाई नागरिक अधिकारले सुसज्जित गर्ने समय हो र उनीहरुको विकास तथा प्रगतिलाई राज्यले स्थान उपलब्ध गराउने समय हो।
नागरिकहरुका आवाज देखि डराएर बन्दुकका भरमा शासन गर्ने राजाको यो कदमको विरोध अझ शसक्त रुपमा गर्नुपर्छ । दिन दिन पतनको दिशामा गइरहेको राजकीय सत्तालाई उल्टाउनु नै अहिलेको आवस्यकता हो। हामीले विगतमापनि पटक पटक क्रान्ति गर्यौं तर ति सबै अपूरा रहेका कारण जनताले पटक पटक विद्रोह गरिरहेछन्। यो पटकको जनताको विद्रोहलाई हामीले अहिलेसम्मको नेपाली इतिहासमा सबैभन्दा सुनौलो बनाउने काम गर्यौं भने भोलीको पूस्ताले हामीले झैं दुख पाएर भौतारिने छैन।