'Nepal press freedom week' in Paris

 
पेरिस, माघ १४
राजाले शासन सत्ता हत्याएको माघ १९ मा एक बर्ष पुग्दैछ। यो अवधिमा नेपाली प्रेसले पाउनुसम्म दुख पायो। नागरिकहरुले पाउनुसम्म दुख पाए। नागरिकहरुलाई अधिकारविहीन बनाउने यो कालो दिनको बिरुद्ध नेपाली पत्रकारहरुले देखाएको अदम्य शाहसलाई कदर गर्दै रिपोर्टर विथआउट बोर्डरले पेरिसमा भव्य विरोध प्रदर्शन गर्दैछ पोष्टरहरु टासेर। रिपोर्टर विथआउट बोर्डरले गर्न लागेको यो पोष्टरहरुका आकार पेरिसका फराकिला शहर र चोकहरुमा रहेका होर्डीग बोर्डहरुको साइजमा छन् । यिनै होर्डिग बोर्डहरुमा यि पोष्टरहरु एकहप्तासम्म टांसिनेछ।
पोष्टर तयार पार्ने काममा अहिले वोर्डरका सदस्यहरु आफै सक्रिय छन्। पोष्टर टास्ने कामको शूरुवातपनि यिनीहरुले नै गर्नेछन्। रिपोर्टर विथआउट बोर्डरका एसिया डेस्क प्रमुख भिन्सेन्ट ब्रोसेलले हामीलाई भने- नेपाली पत्रकारहरु स्वतन्त्रता सेनानी हुन् जसले यस्तो आपतकालिन अवस्थामापनि स्वतन्त्र प्रेसको रक्षाकालागि लडिरहेका छन्। हामीपनि उनीहरुको आन्दोलनमा समाहित छौं। उनीहरुले गरेको आन्दोलनप्रति हामीहरुपनि एक्यवद्धता जनाउन चाहन्छौं।
'सेन्सरसिप राज्यसत्ता' शिर्षकमा प्रकाशित हुने वोर्डरको पोष्टरहरुमा नेपालमा नागरिकअधिकारकोलागि लडाइ भैरहेको,राजाको आलोचना गर्न नपाइने भएको पत्रपत्रिकाका सूचनाहरु दरवारबाट नियन्त्रण भैरहेको र नेपाली प्रेसले पाउनुसम्म दुख पाएको तथा स्वतन्त्रताकालागि लड्नेहरुको विजय अत्यन्त नजिक रहेको बताइएको छ। हेर्दा पट्यार लाग्दो नहोस भनेर पोष्टरका छेउछाउमा हसिमजाकका अन्य विषयहरु राखिएका छन्।
'जनवरी ३० तारिख अर्थात माघ १६ गते आठ सय होर्डिग बोर्डहरु मार्फत बोर्डरले फ्रान्सेली जनताहरुकाविच नेपाल घुम्नकालागि स्वर्ग जस्तो रहेपनि त्यहा नागरिकहरु आफ्नो अधिकारकालागि जुर्मुराइरहेछन् भन्ने शिक्षा दिनेछ' भिन्सेन्ट भन्छन् -  एकपटक फेरि फ्रान्सेली जनताको ध्यान नेपालतिर खिच्नेछ  भने राजाको शासन स्वदेशमा मात्र नभै विदेशमा समेत अलोकप्रिय छ भन्ने सन्देश दिनेछ।