अष्ट्रेलियामापनि विरोध प्रदर्शन गरिने

We support of the return to democracy: Australian Government

काठमाडौ, माघ १६
अन्तत अष्ट्रेलियामा बसेका नेपालीहरुलाई अष्ट्रेलियन सरकार नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना भएको हेर्न चाहेको व्यहोराको पत्र लेख्न बाध्य भएको छ। नगरपालीकाको निर्वाचनलाई अष्ट्रेलिया सरकारले समर्थन गरेको भन्दै अष्ट्रेलियाका नेपालीहरुले प्रधानमन्त्री जोन हवार्डलाई विरोधपत्र बुझाएपछि अष्ट्रेलियाली सरकारले उक्त पत्रको जवाफ दिएको हो। नोभेम्वर २९ मा 'द राइजिग नेपाल'ले अष्ट्रेलियन सरकारले नेपाल सरकारको चुनावी कार्यक्रमलाई समर्थन गरेको जनाएको थियो। राइजिग नेपालको समाचार हेर्न यहा क्लिक गर्नुहोस।
तर त्यहा बसेका नेपालीहरुले नेपालको सरकार जनताद्धार निर्वाचित नभएको, प्रेस र मानवअधिकार कानून उल्लघंन भएको तथा राजनीतिक दलहरुलाई पाखा लगाएर गरिएको निर्वाचनले जनताको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अष्ट्रेलियाली सरकारलाई समर्थन फिर्ता लिन अाग्रह गर्दै विरोध पत्र लेखेका थिए। त्यतिवेलाको विरोधपत्र हेर्न यहा जानुहोस। 
अष्ट्रेलियाली सरकारका तर्फबाट मानबअधिकार तथा लोकतान्त्रीक नेपाली मन्च अष्ट्रेलिया (नेहुरिप्ड) का अध्यक्ष रमेश पान्डेलाई लेखिएको पत्रमा अष्ट्रेलियाली सरकार बहुदलीय प्रजातन्त्रको पुनर्वहालीका पक्षमा रहेको जनाइएको छ। राजाको कदम बहुदलीय प्रजातन्त्रीक मान्यता, स्थायित्व र शान्तिको विरुद्ध रहेको स्पष्ट पार्दै भनिएको छ-अष्ट्रेलियाली सरकार तुरुन्तै बहुदलीय प्रजातन्त्र स्थापना, मानवअधिकारको सम्मान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको छ। यसैगरी राइजिग नेपालले दिएको समाचार र अष्ट्रेलियन सरकारको प्रतिवद्धता तुलनात्मक अध्यन गर्नपनि अष्ट्रेलिया सरकारले अनुरोध गरेको छ। अष्ट्रेलियन सरकाले लेखेको पत्र हेर्न एट्याच्मेन्ट खोल्नुहोस।
यसैगरी अष्ट्रेलियका नेपालीहरुले सम्पूर्ण प्रजातान्त्रिक हक अधिकारहरु जवरजस्त खोसेर राज्य संचालक भएका राजा ज्ञानेन्द्रको कदम विरुद्ध माघ १९ मा विरोध कार्यक्रम गर्दैछन्। मुलुकमा प्रजातान्त्र र मानवअधिकार नभएको अवस्थामा लोकतान्त्रीक शक्तिहरुको एकता अपरिहार्य भएको बताउदै अष्ट्रेलियामा रहेको मानवअधिकार तथा लोकतान्त्रीक मंचले उक्त विरोध प्रदर्शन गर्न लागेको हो।
मार्टिन प्यालेस भन्ने ठाउमा प्लेकार्ड प्रदर्शन सहित हुन लागेको उक्त कार्यक्रम अष्ट्रेलियाली समय अनुसार बेलुका ५.३० मा हुनेछ। थप जानकारी लिन यहा जानसक्नुहुन्छ।