Nepalis demonstrate in several Indian cities
Rewati Sapkota, New Delhi

रेवती सापकोटा
नयाँ दिल्ली, माघ १६
भारत प्रवासमा संगठित हुदै आएका नेपालीहरुले आईतवार भारतमा जनप्रदर्शन गरेका छन। भारतको राजधानी नयाँ दिल्ली, चेन्नइ, हैदरावाद लगायतका बिभिन्न राज्यमा एकै पटक पदर्शन गरियो। राजाको निरंकुश शासनको एक बर्ष पुगेको विरोध तथा नेपालमा सञ्चालित लोकतान्त्रिक आन्दोलन प्रति पूर्ण समर्थन जनाउन यो प्रदर्शन भएको हो।
नेपालमा जारी लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका सात राजनीतिक दलसम्बद्ध मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ र नेपाली जनसंपर्क समितिद्धारा आयोजित प्रदर्शनमा हजारौ नेपालीहरुको सहभागिता रहेको थियो। राजाको निरंकुशताले पराकाष्ठा नाघदै गएमा प्रवासमा रहेका नेपालीहरु स्वदेश भित्रै गएर आन्दोलनमा सहभागि हुने आयोजक नेताहरुले बताएका छन।
नया दिल्लीको जन्तरमन्तरमा भएको प्रदर्शनपछि आयोजित समारोहलाई प्रवासी नेपाली संघका प्रमुख सल्लाहकार छवीलाल बिश्वकर्मा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका सभापति गिरिधारलाल न्यौपाने, जनसंपर्क समितिका अध्यक्ष यदुनाथ पाण्डे लगायतले सम्बोधन गर्नु भएको थियो। उहाँहरुले भारतका बिभिन्न ठाउँमा प्रदर्शन गर्ने र अन्तराष्ट्रिय समुदायलाई नेपालमा भएका दमन र धरपकडको बारेमा जानकारी गराइने बताउनु भयो। यसैगरि नेपालमा राज्यले प्रेस स्वतन्त्रता माथि गर्दै आएको दमन र धरपकड र भारत प्रवासमा आउने नेपालीहरुको संख्या बढेपछि अहिले नयाँ दिल्लीबाट नेपाली समाचार नामक दैनिक र नेपाली साप्ताहिक पत्रिकाको प्रकाशन शुरु भएको छ।