View Article  'मजदूरमारा' ठेकेदारहरु माओवादी कव्जामा
Maoists capture ten industrial contractors

अपडेट: माओवादीहरुले लगेका १० सै जना ठेकेदारहरुलाई आइन्दा उद्योगहरुमा ठेकेदारी नगर्ने शर्तमा मंगलबार विहान पत्रकार तथा मानवअधिकारवादीहरुको रोहवरमा मुक्त गरेका छन्।

काठमाडौ, माघ १७
माओवादीको मजदूर क्षेत्र हेर्ने भातृ संगठनले १० जना 'मजदूरमारा' ठेकेदारहरुलाई कव्जामा लिएको जनाएका छन्। अखिल नेपाल ट्रेड यूनियन महासंघका नामबाट आज जारी विज्ञप्तीमा यि ठेकेदारहरुलाई आवश्यक कार्वाही गरिने जनाइएको छ। तर आवश्यका कार्वाहीभनेको के हो भन्ने कुरा खुलाइएको छैन। यसरी कव्जामा लिइएकाहरुमा राजा ज्ञानेन्द्रको लगानी रहेको सूर्य नेपालका ठेकेदार ज्ञानेन्द्र ढकाल लगायत हुलासका जगदिश शाह, अनिल ठाकूर र हरिशंकर ठाकूर, नेपाल बार्डसका दिपक नेपाल, दिपक ठाकुर, जगदम्वा केमिकलका नविन यादव, शालीमा सिमेण्टका पेम श्रेष्ठ, नन्दन घिउका सुनिल पूरी र गणपती घिउका गजेन्द्र चोधरी रहेका छन्।यसैगरी यसै हप्ताभित्र नेपालका बिभिन्न कारखानामा काम गरिरहेका ठेकेदारहरुलाई सातदिन भित्र ठेकेदारीको कामबाट राजिनामा नदिए हदैसम्मको कार्वाही गरिने चेतावनीपनि उक्त विज्ञप्तीमा दिइएको छ।

View Article  चितवनमा हलो र कोदालोको जुलुस
Demonstration with spade & plough
Chintamani Poudel, Chitwan



 चिन्तामणी पौडेल (तस्विर सहित )
चितवन माघ १८
 चितवनको माडीमा आईतबार लोकतन्त्रको माग र माघ २६गते हुने भनिएको नगरपालिका चुनावको बहिस्कारको आहृवान गर्दै हलो र कोदालोको जुलुस निकालिएको छ। जनमोर्चा नेपालको चितवन जिल्ला समितिले आयोजना गरेको उक्त जुलुसमा माडी क्षेत्रका  चारवटै गाउँ विकास समितिका बासिन्दाहरु आफुसंग भएका औजार बोकेर, परंपरागत भेषभुषामा उपस्थित थिए। माडीको मुख्य बजार बसन्तपुरमा सम्पन्न उक्त साँस्कृतिक प्रदर्शनीसहितको झाँकीमा सयौ किसानहरुले हलो, कोदालो, र हसिँया बोकेका थिए।महिलाहरु रातो बस्तत्रमा प्लेकार्ड सहित पिठ्युमा डोको बोकेर र्‍यालीमा सहकभागी थिए। चितवनका आदिवासी थारु महिलाहरु परंपरागत पहिरनमा टाउँकोमा घैंटो बोकेर साँस्कृतिक झाँकीमा सजिएका थिए। यसैगरी थारु पुरुषहरु माछामार्ने जाल, माछा राख्ने फुलुंङ लिएर जुलुसमा सहभागी भएका थिए।कार्यक्रममा थारु, बोटे, मुसहर, माझी लगायतका आदिवासीका साथै स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो। जनमोर्चा नेपालका अनुसार यस्तो प्रकारको गाउँ जागरण कार्यक्रम नेपालमा नै यो पहिलो कार्यक्रम हो। र्‍याली पछि बसन्तपुरमा एक आमसभा भएको थियो। मोर्चाका जिल्ला सदस्य पदमबहादुर श्रेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनमोचाका केन्द्रीय सदस्य भीमप्रसाद गौतम, जिल्ला अध्यक्ष ठाकुर ढकालले बोल्नु भएको थियो।