King's proclamation: a conspiracy against democratic movement
Anuradha Paudel
विचार /विवेचना
अनुराधा पौडेल
माघ १९ को कालो कदमको विरुद्ध देशभित्र मात्र नभै अन्तराष्ट्रिय रुपमै नारा जुलुस घन्किन थालेपछि र नगरपालीका निर्वाचनको काममा जोकर साबित भएपछि राजाले भोली देशवासीका नाममा संवोधन गर्दैछन्। विहान उज्यालो हुनासाथ राजाले गर्ने संबोधनमा थप प्रगतिशिल कुराको अासा गर्न सकिने अवस्था छैन। किनभने पार्टीहरुले लोकतान्त्रीक गणतन्त्रको मागलाई अगाडी बढाएका छन् । अहिलेको आन्दोलनको न्यूनतम माग भनेको कम्तीमा संसद पूनर्स्थापना गर्नु हो। र यसपछि संविधानसभाको निर्वाचन अथवा जनताले रोजेको व्यवस्था या कानुनी राज्य जनताले नै निर्वाचन मार्फत बनाउने हो। तर राजाले संसद पूनस्थापना गर्ने छैनन। किनभने मुलुकमा संसद राख्न चाहेको भए विघटन गर्ने नै थिएनन भने यतिविधि आन्दोलन चर्किरहेका बखतपनि पार्टीहरुको कार्यक्रममाथि दमन गर्ने थिएनन। उनले बार्ता र संवादको प्रकिया पहिलेनै थाल्ने थिए।
त्यसैले राजाको भोलीको संवोधनले मिलीजुली सरकार या राजनीतिक पार्टीहरुसंग बार्ता थालेर बहुदलीय सरकार स्थापना गर्ने दिशामा जानलाई पार्टीहरुलाई अाग्रह गर्न सक्नेछन्। more »