King's proclamation: a conspiracy against democratic movement

Anuradha Paudel

विचार /विवेचना
अनुराधा पौडेल
माघ १९ को कालो कदमको विरुद्ध देशभित्र मात्र नभै अन्तराष्ट्रिय रुपमै नारा जुलुस घन्किन थालेपछि र नगरपालीका निर्वाचनको काममा जोकर साबित भएपछि राजाले भोली देशवासीका नाममा संवोधन गर्दैछन्। विहान उज्यालो हुनासाथ  राजाले गर्ने संबोधनमा थप प्रगतिशिल कुराको अासा गर्न सकिने अवस्था छैन। किनभने पार्टीहरुले लोकतान्त्रीक गणतन्त्रको मागलाई अगाडी बढाएका छन् । अहिलेको आन्दोलनको  न्यूनतम माग भनेको कम्तीमा संसद पूनर्स्थापना गर्नु हो। र यसपछि संविधानसभाको निर्वाचन अथवा जनताले रोजेको व्यवस्था या कानुनी राज्य जनताले नै निर्वाचन मार्फत बनाउने हो। तर राजाले संसद पूनस्थापना गर्ने छैनन। किनभने मुलुकमा संसद राख्न चाहेको भए विघटन गर्ने नै थिएनन भने यतिविधि आन्दोलन चर्किरहेका बखतपनि पार्टीहरुको कार्यक्रममाथि दमन गर्ने थिएनन। उनले बार्ता र संवादको प्रकिया पहिलेनै थाल्ने थिए।
त्यसैले राजाको भोलीको संवोधनले मिलीजुली सरकार या राजनीतिक पार्टीहरुसंग बार्ता थालेर बहुदलीय सरकार स्थापना गर्ने दिशामा जानलाई पार्टीहरुलाई अाग्रह गर्न सक्नेछन्। यो आग्रह अाउनासाथ सत्तामा हुदाको भत्ताको स्वाद लिएका नेताहरु, सत्तामा रहेका बखत देशको सम्पतीमा दाइ हालेर जिवनपर्यन्त सुरक्षित रहन चाहेका भ्रष्टाचारी नेताहरु (जसले पार्ट्टीका शिर्ष पदहरुमा बर्चश्व कायम गरेकै छन्। ) र विगतमा अान्दोलनलाई पटक पटक संझौतामा लगेर टुग्याउने र आन्दोलनलाई बार्गेनिगको विषय बनाउने नेताहरु दरवार छिर्न र कथित बार्ता गर्न तयार नहोलान् भन्न सकिन्न। आन्दोलनको नेतृत्व अझैपनि यिनै थोत्रा नेताहरुको हातमा भएको र दोस्रो पुस्ताको पार्टीहरुमा बर्चश्व नभएको बेला हो यो ।  यो कुरा दरवारले राम्रो बुझेको छ र आन्दोलनलाई दोस्रो पुस्ताले हाक्ने अवस्था  आउनुअघिनै फासफुस पार्ने या आन्दोलनमा एकै ठाउ रहेका पार्टीहरुको एकता भंग गर्ने रणनीतिमा दरबार लाग्न सक्नेछ। त्यसैले राजाको यो कदमले जनतालाई धोका मिल्न सक्छ। हामीले यसपाली गरेको आन्दोलन धोकाको आन्दोलन हैन। विगतमा हामीले धोकै धोका व्यहोरेका छौं । अव बढि व्यहोर्यौं भने हामीपछिका पुस्ताहरुले अझै नागरिक हकअधिकारहरको माग गर्नै सडकमा अोर्लीन पर्ने हुन्छ भने हामी  नागरिक भएर हैन कि प्रजा भएर बाच्नेछौं। त्यसैले आन्दोलनका क्रममा हुने धोकाहरु चिर्न नेताहरु सक्षम बनुन। यहि नै माघ १९ को कदमको माग हो।  माघ १८