View Article  दरबारीया अपराधीहरुले क्षमा माग्दैनन

Royal criminals never relise

Krishna Pahadi

कृष्ण पहाडी 


 
विचार/ विवेचना

राजाले चालेको असवैधानिक कदमको राष्ट्रिय र अन्तराष्ट्रिय तहबाट विरोध भई रहेको छ। अन्तराष्ट्रिय जगत नेपालमा शान्ति स्थापना भएको हेर्न चाहन्छ। राजनीतिक पार्टीहरु लामो समयदेखि शान्ति स्थापनाको दीर्घकालिन बाटो पहिल्याउन सकेका थिएनन्। तर अहिले सयुक्त राष्ट्रसंघ लगायत राष्ट्रिय अन्तराष्ट्रिय संस्थाको पहलमा विद्रोही माओवादी र सात राजनीतिक पार्टीविच बाह्रबुंदे समझदारी भएको छ। त्यो अत्यन्तै सकात्मक र स्वागत योग्य छ। घाउ कोट्याए पीप खेलाउने प्रवृतिले रोग झनझन बल्झाउछ। माओवादी चरित्रको बारेमा आशंका छ, तर धेरैकुराहरु अन्तिम परिणाममा भर पर्छ। अन्तिम र सकारात्मक परिणाम ल्याउनको लागि सबै वर्ग र पेशाकर्मिले आफनो उर्जा खपत गर्नुपर्छ । राजनीतिक सहमतिको ढोका खुल्दा माओबादीले आफुलाई नसुधारेको भए र सात राजनीतिक दलले जनताको एजेण्डालाई ग्रहण नगरेको भए राजाको निरकुश एजेण्डालाई समर्थन पुग्थ्यो र त्यसको निरन्तरतालाई नै बल पुग्ने थियो। दुइवटा राजनीतिक शक्तिको मिलन भएकोछ। यो ऐतिहासिक छ तर यसलाई ऐतिहासिक बनाउन पार्टीहरुले धेरै कसरत गर्नु पर्ने छ।   more »

View Article  निरङ्कुशतासगै बढेको भ्रष्टाचार
Increasing corruption with Autocracy

- विनोद ढुङ्गेल
माघ १९ को शाही विप्लव, २०५९ सालमा निर्वाचित सरकार अपदस्त भएको घटना र 'रक्तपातपूर्ण गृहयुद्धले मुलुकको  शासन प्रणालीलाई कमजोर पारेको र नागरिकको विश्वास गुमाएको ट्रान्सपरेन्सी इन्टरनेशनलको टिप्पणी छ। तर राजाले 'निरन्तर झाङ्गिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दूषित बनाएको मात्र होइन, प्रगतितर्फअग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ। परिणामस्वरुप कानुनमा आम जनताको विश्वास धर्मराउन थालेको छ।'- माघ १९ गतेको शाही घोषणामा भनेका थिए। त्यसपछि शाही कदमका पक्षधरहरूको गुरुमन्त्र नै 'भ्रष्टाचार नियन्त्रण' बन्यो। राजनीतिक दलहरूले सञ्चालन गरेको शासन प्रणालीलाई दुत्कार्न र राजभक्तिमा शक्ति खर्चनका लागि यो नै एउटा सबल उर्जा हुनसक्ने ठहर राजपथिकहरूले गरेका थिए।   more »