Give up king and arms 

मधु आचार्य/Madhu Acharya

विचार/Views

प्रतीक्षित शिखरवार्ता आरम्भ भएको छ । बसन्त क्रान्तिकालीन ९चैत-वैशाखको बसन्त ऋतुमा विशाल जनलहर उर्लेको र बसन्त ऋतुले नयाँ वर्षो अगुवाइ गरेझैं नयाँ नेपाल निर्माणको अगुवाइ यस जनआन्दोलनले गर्ने हुँदा म यसलाई बसन्त क्रान्ति भन्न रुचाउँछु ।० परिवर्तनकारी राजनीतिक शक्तिहरू गहिरो छलफलमा जुटेका छन् । माओवादीले कुनै समयमा मागेझैं गोलमेच सम्मेलनकै स्वरूप र चरित्रमा चलिरहेको यस वार्ताप्रति स्वभावतः सबैको चासो र चिन्ता एकसाथ जोडिएको छ । वार्ताको स्तर र आवश्यकताअनुसार पनि अनेकौं मुद्दाहरू वार्तामा छाएका छन् । अन्तरिम संविधान, अन्तरिम व्यवस्थापिका, संविधानसभाको संरचना र गठन विधि, संविधानसभाको तिथि र पर्यवेक्षण, राजाको स्थान, हतियार व्यवस्थापन, द्वन्द्वपीडितलाई राहत व्यवस्था, निर्वाचन पद्धतिजस्ता थुप्रै विषयहरूले निष्कर्षपाउनु छ । यस्तो अवस्थामा नेपाली जनता स्वभावतः सास रोकेर आठ दलतर्फफर्केर हेरिरहेका छन् । उनीहरूको प्रार्थना छ- सात दल राजा छोड, माओवादी हतियार छोड । त्यतिखेर मात्र दुवै थरीले नेपाली जनतालाई छोएर निर्ण्र्ा लिएको ठहर्नेछ । त्यति मात्र होइन, त्यसो भएमा सात दल र माओवादी मात्र जितजित ९ध्ष्ल-धष्ल उयकष्तष्यल० मा रहँदैनन्, सारा नेपाल, नेपालीकै जीत हुनेछ ।

बसन्त क्रान्ति र आठ दल प्रतिबद्धता

बसन्त क्रान्तिपूर्वक सात दल र नेकपा ९माओवादी० बीच १२ बुँदे समझदारी भएको थियो । त्यस समझदारीभित्र थुप्रै विषयहरू समेटिएका थिए । तर पनि नेपाली जनतालाई बढी छोएको अर्थात् तत्काल मन जितेको सवाल भनेको मुलुकमा स्थायी, जीवन्त शान्ति स्थापनामा दुवै थरीले गरेको संकल्प थियो । अब नेपाली धर्तीबाट शाही निरंकुशता सदाका लागि अन्त हुने र माओवादीको हतियारआतंक सदाका लागि थान्को लाग्ने भन्ने कबुलियतनामा भेटाएपछि मात्र बाल, वृद्ध, युवा, महिला, दलित, जातिजनजाति सबै क्षेत्र, वर्ग, उमेर र पेशा व्यवसायका मान्छेहरू जनआन्दोलनमा ओइरिएका हुन् । कस्तै कर्ुवानीका लागि तयार भएका हुन् । जनतासामु व्यक्त त्यो प्रतिबद्धताबाट सात दल, माओवादी कोही पनि पन्छिनु हुँदैन । त्यसैले सात दल राजा छोड, माओवादी हतियार छोड ।

बसन्त क्रान्ति र सडक आवाज

नयाँ नेपाल निर्माणमा समर्पित बसन्त क्रान्तिको अनेकौं विषय र विचार सडकमा आइपुगे । तर मुलुकभरि जहींतहीं लागेको जुनसुकै उमेर समूहले पनि उठाएको, जुनसुकै वर्ग, लिंग वा पेशाकर्मीले पनि नछोडेको नारा भनेको राजतन्त्रविरुद्धको नारा थियो । सँगसँगै अर्को सत्य के पनि हो भने माओवादीले कत्रै कोसिस गर्दा पनि हिंसात्मक आन्दोलनमा सहभागी हुन नमानेका विकट, दुर्गम भेगका जनतासमेत शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन माओवादीबाट उल्टै प्रेरणा पाएपछि भोक, प्याक, न्रि्रा वा दुखाइ नभनीकन रातोदिन जुटेका हुन् । अर्थात् शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक पद्धतिका लागि हुने आन्दोलनमा मात्र आफ्नो साथ, सहयोग र र्समर्थन रहन्छ भन्ने कुरालाई दह्रोसँग पुष्टि गरेका हुन् । कुनै बेला नेपालीका लागि अति नै प्यारो लाग्ने ँप्रजातन्त्रशब्द यसपटक प्रयोग गर्नसमेत इन्कार गरे । ँप्रजाशब्द बोल्दा राजाको उपस्थिति जनिन्छ भनेर पनि झस्किए । लोकतन्त्र भन्न रुचाए । त्यस्ता जनतालाई कुनै पनि विशेषण वा हैसियतको राजा भिराइनु अपराध हुन्छ । त्यसैले सात दल राजा छोड, माओवादी हतियार छोड ।

जनताको सर्वोच्चता

जनताको र्सार्वभौम अधिकारलाई नेपालमा अहिलेसम्म कसैले चुनौती दिइरहेको छ भने परम्पराको नाममा राजसंस्था र हतियारको नाममा माओवादीले दिइरहेका छन् । श्रीपेच र बन्दुक अन्ततः दुवै अधिनायकवादी हुन् । यी दुवै थरीले नेपाली जनताको सर्वोच्चतालाई जिस्क्याइरहेका छन् र मौका पर्नासाथ अतिक्रमण गरिरहेका छन् । केवल जन्मको आधारमा कोही राष्ट्रप्रमुख बन्नैपर्ने र सम्पूर्ण क्षमता र जनादेशका बाबजुद जनताका छोरारछोरी दर्जनौंमुनि पर्नुपर्ने अब पनि कहीं चल्छ - त्यसमाथि श्रीपेच पहिरिसकेपछि जस्तै मान्छे पनि अधिनायक भइहाल्दोरहेछ भन्ने कुरा हामीले हाम्रै उदारवादी भनिने राजा त्रिभुवन र राजा वीरेन्द्रलाई नै हेरेर बुझिसेका हौं भने भर्खरैको थाइल्याण्डको ँकुले अरू बढी प्रष्ट्याएको छ । बन्दुक पनि त्यस्तै हो । व्यक्तिले स्वच्छन्द बन्दुक पाएपछि कुनै वाद, विचार वा तर्क जान्दैन । उसमा अधिनायकवादी उन्मत्तता बढ्दछ र विवेक गुमाउँछ । अब नेपाली जनतालाई आफ्नो सर्वोच्चताको रक्षार्थ पनि श्रीपेचविहीन -नागरिक० ज्ञानेन्द्र, पारस र हतियारविहीन -राजनीतिक वैचारिक दल० माओवादी मात्र स्वीकार्य छ । त्यसैले सात दल राजा छोड, माओवादी हतियार छोड ।

संविधानसभाको निर्वाचन

संविधानसभाको निर्वाचनमार्फ नेपाली जनता इतिहासमै पहिलोपल्ट आफ्नो संविधान आफैं लेख्दैछन् । यस्तो बेलामा उनीहरूमाथि कुनै पूर्वर्सत वा कुनै दबाब तेर्स्याउनु नाजायज मात्र होइन, अनैतिक हुन्छ । तिनीहरू बाँकी फैसला गर, राजाचाहिं हामी जसरी पनि राख्छौं भन्न पाइँदैन । त्यसको फैसला गर्न पनि जनताले पाउनर्ुपर्दछ । जनता निर्भीक, निर्धक्क भएर मतदान गर तर हाम्रो हतियार हाम्रै साथमा छ भन्ने नबिर्स भन्न पाइँदैन । जनतालाई कस्तै मात्रा वा किसिमको डरत्रासभित्र राखेर संविधानसभामा उनीहरूको स्वतन्त्र स्वामित्व स्थापित हुन सक्दैन । भयरहित अवस्थामा जनता निर्वाचनमा सहभागी हुन पाउनुपर्दछ । त्यसैले, सात दल राजा छोड, माओवादी हतियार छोड ।

शिखरवार्ता शिखर परिमाण

नेपाली राजनीतिमा सात दल र माओवादीले उच्च राजनीतिक सुझबुझ र सहमतिको एउटा विशिष्ट परम्परा स्थापित गरेर देखाएका हुन् । लामो अवधिसम्म एक-अर्कालाई राजनीतिक हिसाबले मात्र होइन, भौतिकरूपले समेत सफाया गर्न सक्रिय उनीहरू मुलुकमा शाही निरंकुशता प्रबल बनेपछि त्यसका विरुद्ध अंकमाल गर्न सहजै तयार भएका हुन् । आ-आफ्ना हठ, आग्रह, पर्ूवाग्रह त्यागेर देखाएकै हुन् । त्याग, आत्ममूल्यांकन र प्रतिबद्धताको यो एउटा बेमिसाल थियो र त्यसैकारण बसन्त क्रान्ति सफल भएको पनि हो । अब फेरि एकपटक दुवैले जनचाहनाअनुसार केही त्याग्न र केही स्वीकार गर्न किन तयार नहुने रु त्यसैले सात दल राजा छोड, माओवादी हतियार छोड ।

सात दल र माओवादीबीच शिखरवार्ताको मिलनबिन्दु यही हो । र, बसन्त क्रान्तिको स्पिरिट पनि ।

सापट: काभ्रे टाइम्म्स