Army chief againsts peace

आमनेपाली दीगो शान्तिको प्रतिक्षा गरिरहेका छन । तर, राजनीतिक रुपमा वार्ता अलमलमा परिरहेको छ । धेरै राजनीतिक विषयमा सहमति बनिसकेको बताइए पनि हतियार व्यवस्थापनमा सहमति बन्न बांकी रहेको बुझिएको छ । माओवादी हतियार मोह त्याग्न तयार देखिएको छैन । उसले हतियार व्यवस्थापन गर्नुको साटो अन्तरिम सरकारमै सहभागि नहुनेसम्म्को प्रस्ताव सारेर हतियारभक्ति प्रकट गरेको छ । यही मेसोमा माओवादीका एक नेताले गरेको रोचक भाषण हिमाल खत्ररले छापेको छ । पढौ र प्रतिक्रिया जनाऔं ।
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनाइएको १० सदस्यीय वार्ताटोलीका सदस्य हितमान शाक्य ुसुमनु ले नेपाली सेनाका प्रधानसेनापति रुक्माङगद् कटवालमाथि सरकारुमाओवादी शान्तिवार्ता भाड्न केन्दीय भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन्।
ूअहिले पनि सेना सुध्रिएको छैन, राजाकै भाषा बोलिरहेको छू, शाक्यले धरानमा कुरा गर्दै भने, ूमाओवादी सेनालाई राष्ट्रिय सेनामा समाहित गर्ने प्रक्रियामा समेत प्रधानसेनापतिले व्यवधान खडा गरिरहेका छन्।ू
राजाका भक्त र लोकतन्त्रका विरोधी कटवाललाई प्रधानसेनापतिमा नियुक्त गरेर सरकारले वार्तामा शंका उत्पन्न गराउने काम गरेको बताउँदै उनले भने, ूवार्ता भाडियो भने त्यसको जिम्मेवार पनि कटवाल नै हुनेछन्।