View Article  ज्ञानेन्द्रको ठाउंमा प्रचण्ड

Prachanda takes place

शिर्षकले नै बताउछ, यो तस्विर कति ठिक हो या होइन भनेर सबैलाइ बताउने न्यायाधीश स्वयम पाठकहरुलाइ नै बनाउन खोजिएको छ । विगतमा नेपाली रुपैयामा राजाका तस्विर देखिन्थे, राजा ज्ञानेन्द्रको तस्विर छयापछयापती देखिन्थ्यो । अहिले आएर प्रचण्डको फोटो भएको रुपैयाको तस्वीर आएको छ, यो कुनै दिन सत्यमा परिणत हुन सक्छ । राजा फयाक्छु भनेर सशस्त्र विद्रोह हाकेको व्यक्तिले मुलुकको राष्टपति हुने सपना देखेको हुन्छ । यदि संविधान सभाबाट राजा फयाकिए भने मुलुकमा राष्टपति राष्टप्रमुख हुने छ । त्यति बेला बाचिरहे गिरिजाप्रसाद कोइराला होलान, नभए प्रचण्डको विकल्प छैन । अनि राष्टप्रमुख भएपछि नेपाली नोटमा प्रचण्डको तस्विर राख्नु कुन अनौठो ...   more »

View Article  ओलीले राजासहित दमनकारीलाइ कारवाही गर्ने रे

What kp oli doing ? 

यो पुरानो खबर हो । तर खबरभित्रका अबरसहित यो समाचार यहां समावेश गरिएको हो । तपाइलाइ थाहै छ खुटिट देखेर चाल पाइयो भन्ने नेपाली आख्यान । हो यो समाचार यही आख्यानसंग मिल्दोजुल्दो छ ।

सरकारले जनआन्दोलन-द्द मा भएको दमन र सत्ता दुरुपयोग लगायतका विषयमा छानवीन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वय गर्न उपप्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मन्त्रीस्तरिय समिति गठन गरेको छ। आयोगले राजा सहित २०२ जनालाई दोगाप्ी क।ा। थ।ृकाृ छ ।

११ मंसिरमा भएको मन्त्री परिषद्को बैठकले गठन गरेको समितिमा मन्त्रीहरु कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, नरेन्द्रविक्रम नेम्वाङ र हृदयेश त्रिपाठी छन्। सो समितिले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने ...   more »

View Article  नेवारका कुरा: नभए जातिय स्वशासनको आन्दोलन असफल

About newar resion

महेश्वर श्रेष्ठ

नेपालमा केही वर्षदेखि राज्यको पुनर्संरचना, जातिय तथा क्षेत्रीय स्वशासनको कुराले बहुतै चर्चा पाइरहेको छ । हुन त ऐतिहासिक भनिएको २०६३ कार्तिक २२ गते सम्पन्न सातदल-माओवादी समझदारीले यस मुद्दालाई ओझेलमा पार्ने काम गरिसकेको छ । नेपाल सरकार र माओवादी बीच २०६३ मंसीर ५ गते सम्पन्न बिस्तृत शान्ति सम्झौतामा त नेपाललाई संघीय राज्यमा रुपान्तरण गर्ने शव्द सम्म पनि उल्लेख छैन । तर पनि देशमा विद्यमान जातिय र क्षेत्रीय विभेदको समस्यालाई न्यायपूर्ण तरिकाले समाधान नगरुन्जेल यस मुद्दाले विश्राम लिने छैन र जातिय तथा क्षेत्रीय समानता तथा स्वशासनको आन्दोलन चलि नै रहने छ । जातिय स्वशासनको कुरा गरे पछि स्वायत्त ...   more »

View Article  राजा ज्ञानेन्द्र: कैदी बन्न तयार रहू

Uml leader says to king, be ready for prisinor

 

नेकपा एमालेका नेता वामदेव गौतमले संविधानसभाको चुनावअघि नै राजालाई नागरिक बन्न आग्रह गर्नुभएको छ । जनताको आग्रह नमाने कैदी बन्ने अवस्था आउनसक्ने चेतावनी दिदै गौतमले भन्नुभयो- ूअब बन्ने अन्तरिम संसदसमक्ष राजा आफैँले नागरिक बन्ने घोषणा गर्नुपर्छ ।

एमाले बर्दियाको छैठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले नेता गौतमले संविधानसभामा गणतन्त्रको एजेण्डा लिएर जाने राजनीतिक पार्टीहरूबीच छिट्टै वार्ता गरी मोर्चा निर्माण गरिने जानकारी दिनुभयो ।

ूआगामी जेठ मसान्तभित्रसम्ममा शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धात्मक जनवादी व्यवस्थालाई स्वीकार गरेका वामपन्थी शक्तिहरूको लोकतान्त्रिक मोर्चा निर्माण भइसक्नेछू- एमाले वार्ता कमिटीका संयोजक गौतमले भन्नुभयो- ूहाम्रो वार्ताटोलीले सबै पार्टीहरूबीच गणतान्त्रिक मोर्चा...   more »

View Article  प्रधानमन्त्रीज्यू कटवाललाई मात्र किन जनसेना प्रमुख नभेटने ?

PM discussed with security chief

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुरक्षा निकायका अधिकारीहरूसँग देशको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गरेछन । यो जानकारी पाएपछि मलाइ उनीसंग सोध्न मन लाग्यो-के जनसेनासंग छलफल नगर्ने । खाली रुकमाङगतसंग मात्र ।

हो, कोइरालाले रक्षा सचिव विष्णुदत्त उप्रेती, नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटुवाल, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारलगायत नेपाल प्रहरीका अधिकृतहरूसाग शुक्रबार छलफल गरे । जनसेनाका प्रमुख त अझै प्रचण्ड नै हुन क्यारे उनीसंग देशको शान्तिसुरक्षाको जानकारी लिनु उचित होला ।

छलफल प्रधानमन्त्री निवास बालुवाटारमा करिब आधा घण्टासम्म चलेको थियो । छलफलमा बदलिदो अवस्थामा देशको शान्ति सुरक्षालगायतका विषयमा छलफल भएको वालुवाटार स्रोतले जनाएको छ ।

यसैबीच हतियार व्यवस्थापनको कार्ययोजना ...   more »

View Article  माओवादी लडाकुलाइ राज्यकोषबाट ७ करोड

Budget for maoist army

जनतालाइ धम्क्याएर कर उठाएर पालिएको माओवादी सेना अब राज्इकोषबाट पालिने भएको छ । सरकारले माओवादी लडाकुहरुको भरण पोषणको निम्ति हालको निम्ति रू७ करोड दिने भएको छ। चेक आज माओवादी वार्ता टोली संयोजक कृष्णबहादुर महरालाई हस्तान्तरण गरिने सम्भावना छ ।

७ वटा डिभिजनको निम्ति १ करोडको दरले रकम उपलब्ध गराउन लागिएको हो। माओवादी वार्ताकार देव गुरूङले आफ्ना सेनाको भरण पोषणको निम्ति सरकारले ७ करोड दिने जानकारी पाएको बताएका छन्।

भविष्यमा आवश्यक पर्ने खर्चको निम्ति सरकारले दातृ निकाय र राष्ट्रसंग आग्रह गर्ने बताइएको छ। माओवादीले सरकारले उपलब्ध गराउने रकम खर्च भएको विल अर्थमन्त्रालयलाई उपलब्ध गराउने पर्ने छ ।...   more »

View Article  सम्माननीय र आतंककारी

Honorable and Terrorist

समयले मानिसलाइ कहां कहां पुर्‍याउछ भन्ने गीत सुनिएकै हो । हिजो साझ त्यस्तै भयो । हतियार बोकेर राजनीति गरिरहेको माओवादी शान्तिपूर्ण राजनीतिमा फर्केको छ । ११ वर्ष लामो हतियारको राजनीति त्याग गरेको छ । अब मुलुक शान्ति पथमा अगाडि बढेको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हिजो भब्य समारोहकाबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर मुलुकमा हिंसाको राजनीति सकिएको उदघोष गरे ।

सम्झौताले मुलुकलाइ नयां युगमा प्रवेश गराएको छ । अब नेपाली जनताले शान्ति पाउने भए भन्ने दस्तावेज विश्वसामु पुगेको छ । यसरी द्धन्द्धग्रस्त मुलुकलाइ शान्तितिर फर्काउने अभियानकर्ताहरुलाइ धन्यवाद दिनै पर्छ । अझ भनौ गिरिजाप्रसाद ...   more »

View Article  दरबारियाहरुको नागार्जुन दरबारमा जमघट

Royalist in meeting with king !

मैले यो खबर हिजो नै अपडेट गर्न खोजेको थिए । तर नेटको समस्याले सम्भव हुन सकेन । तसर्थ हिजै लेखिएको यो बासीखबर यहांहरु समक्ष प्रस्तुत गरेको छु ।

शाही वंशका अन्तिम राजा हुने सुरसारमा रहेका ज्ञानेन्द्र शाह गद्धी जाने भयो भनेर रन्थनिएका छन । त्यही कारण भित्रभित्रै भर्खरै प्राप्त लोकतन्त्र विरुद्ध षडयन्त्र गरिरहेका छन । उनको षडयन्त्र सफल होला या विफल त्यो त भविश्यले नै बताउला ।

तर, हिजो मैले प्राप्त गरेको जानकारी चाहिं उदेक लाग्दो छ । मुलुकको राज्य संचालनमा सबै हैसियत गुमाएका मुर्ति राजा अहिले नागार्जुन दरबारमा बसिरहेका छन रे । त्यो दरबारमा ...   more »

View Article  जनता मारेको अभियोगमा ज्ञानेन्द्रलाइ जेल

King will take in jail !

दाइ विरेन्द्रको वंशकै हत्या गर्दासमेत कुनै बेला गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाइ गद्धीमा राख्न अहम भूमिका खेलेका थिए ।०५८ सालमै हत्याराको अभियोगमा खोरमा जाक्नु पर्ने ज्ञानेन्द्रलाइ अहिले आएर भने कारवाही हुने आशा जागेको छ । बुढा प्रधानमन्त्री गिरिजाले पनि ज्ञानेन्द्रमाथि कारवाही गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन ।जे होस ५ वर्षपछि ज्ञानेन्द्रलाइ कारवाही हुने सम्भावना छ । पहिला दाइ मारेको अभियोग लागेको हो अहिले चाहिं जनता मारेको अभियोगमा ज्ञानेन्द्रलाइ जेल कोच्नु पर्छ । उनलाइ कस्तो प्रकृतिको कारवाही होला त्यो चाहिं प्रतिक्षाकै विषय हो ।

आज सार्वजनिक भएको यो समाचारबाट कारवाहीको आशा गर्ने आधार तय गरेको छ । ...   more »

View Article  गिरिजाले दिए माओवादीलाइ धम्की

PM warns maoist

प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले शान्ति संझौता गम्भिर गृहकार्य गरी मंसिर ५ मा हस्ताक्षर गरिने सो समयभन्दा पछि नजाने बताएका छन ।

बिश्राम गर्न गृहनगर बिराटनगर पुगेका कोइरालाले त्यहाँ उपस्थित पत्रकार तथा पार्टी कार्यकर्तासंग कुरा गर्दै सो कुरा बताउनुभएको हो । उनले गृहकार्य अपुग भएकाले नै शान्ति संझौतामा हस्ताक्षर नभएको बताए ।

कोइरालाले माओवादीलाई अहिले सैन्य भर्ना नगर्न भनेको उल्लेख गर्दै अहिले सैन्य भर्ती गरेमा माओवादीलाई नै हानी हुने बताउनभएको छ । उनले बाल सैन्य भर्ना गर्नै नमिल्ने पनि बताएका छन ।

केहि दिन यता माओवादीले छापामार भर्ती गर्न जोरजुलुम समेत गर्दै आएका छन । पुर्वको बिराटनगरबाट समेत जवरवस्ती ...   more »