Leaders after agreements
तपाइलाई भनिरहनु पर्दैन नै । नेपालमा ११ वर्ष लामो सशस्त्र विद्रोह अन्त्य गर्न माओवादी तयार भएको छ । सात दल-माओवादी सहमतिलाइ मन्त्रिपरिषदले समते अनुमोदन गरेको छ । यो ऐतिहासिक सहमतिप्रति कसले के भने भनेर पढन रोचक नै होला । त्यही कारण मैले वेभ साइटबाट तिनका छोटाछोटा भनाइ यहां राखेको छु ।
जनयुद्धको निहुँमा राजा सक्रिय
: केसीकुरा जस्तो कुरा गर्दा चित्त फाट्ने।
नाच जस्तो नाच गर्दा घाँघर फाट्ने॥
सांसद चित्रबहादुर के।सी।ले २३ कार्तिकको प्रतिनिधिसभाको बैठकमा यही भनाईबाट आफ्नो मन्तव्य शुरु गरेपछि ुवाम राजनीतिमा निकै विवादीत बनेको नेकपा माओवादीको १० वर्षे सशस्त्र जनयुद्ध र त्यसको अवतरणु को आलोचनात्मक वाम दृष्टिकोण सार्वजनिक हुने अनुमान धेरैले लगाई सकेका थिए। भयो पनि त्यसै। प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सातदल र माओवादीबीचको सहमतिबारे संसदलाई जानकारी गराएपछि सकारात्मक मन्तव्य दिएका अघिल्ला वक्ताहरुभन्दा भिन्न विषयमा केन्द्रीत हुन चाहे उनी, खासगरी माआवादी विद्रोहको उद्भव र अवतरणसम्म।
ूहामीले माओवादीलाई उग्रवामपन्थि भनेका छैनौं। तर, उनीहरुका क्रियाकलाप उग्रवामपन्थि भड्काव थियोू, इतिहास बन्न लागेको माआवादी सशस्त्र विद्रोहको बारेमा सांसद के।सी।ले पुरानै विश्लेषण सुनाउँदा पनि केही नयाँ पन जस्तो लाग्यो सांसदहरुलाई र, हाँसोले गुञ्जियो संसद भवन। ूसमय-परिस्थिति अनुकुल नहुँदै हतियार उठाउनु उग्रवामपन्थि भड्काव हो। हतियारबाट पार नलागेपछि घुमिफिरी रुम्जाटार भने झैं त्यो फेरी बहुदलिय व्यवस्थामै आउँछू, संसद भवनमा अगाडीको पंक्तिमा बसेका एमाले नेताहरुप्रति संकेत गर्दै उनले थपे, ू२०२९-३० सालतिर पनि केही साथीहरुले त्यस्तै गर्न खोज्नु भएको थियो। इतिहास दोहरियो, अर्को टोली पनि फेरी त्यसैगरी १० वर्षपछि यही ग्यालेरीमा आईपुगेको छ।ू
माओवादीलाई हेर्ने दृष्टिकोणमा निकै ठूलो मतभेद् हुँदाहुँदै पनि एकिकृति भई नेकपा एकता केन्द्र मसाल र त्यसको वैधानिक मोर्चा जनमोर्चा नेपाल अहिले ३ गुटमा विभाजित भएको छ। फलस्वरुप शुरुवातदेखि नै माओवादीको विद्रोहको कट्टर आलोचकका रुपमा देखा परेका पुराना वामनेता मोहनविक्रम सिंह निकट के।सी।ले सिंह पक्षधरहरुको भेला गरी आफुलाई जनमोर्चा नेपालको अध्यक्ष घोषणा गरेका छन्। राष्ट्रिय-अन्तराष्ट्रिय परिस्थिति अनुकुल नभएको बेला सशस्त्र विद्रोह गर्दा दरवारिया तत्वलाई फाईदा पुग्ने र २०४६ सालको जनआन्दोलनबाट अलिकति भएपनि उपलब्धीको रुपमा प्राप्त वहुदलियुसंसदीय व्यवस्था संकटमा पर्नेु मोहनविक्रम पक्षधरहरुको ददिल हुने गर्थ्यो। ूआखिर जनयुद्धको निहुँमा राजा सक्रिय हुने मौका पाएू, पुरानो प्रसंग कोट्याउँदै के।सी।ले भने, ूहामीले त विद्रोहले सत्ता सिवाय केही दिने छैन भनेकै थियौं, भयो पनि त्यस्तैू उनले माओवादी विद्रोहको अवतरणबारे ुक्रान्तिकारी कोणबाट हेर्दा दक्षिणपन्थि संसोधनवादी बाटो उन्मुख भएकोु टिप्पणी गरे। ूचुनावविना ७३ सिट वाजी मार्नु भाुछ। राष्ट्रिय-अन्तराष्ट्रिय परिस्थितिले गर्दा उनीहरु आउने ठाउँ यही हो।ू विद्रोहीलाई त्यसो भन्दा अरुहरुसँगै माओवादीलाई वार्ता प्रक्रियामा ल्याउन निकै सक्रिय गृहमन्त्री कृष्णप्रसाद सिटौलापनि निकै जोडसँग हाँसेका थिए। हसिँलो अनुहारमा उपस्थित के।सी।ले भन्दै गए, ूमाआवादीले ७ दल सरहको हिस्सा दावी गरेका थिए। तर, तपाईहरु सातदलले कम सिटमै माओवादीको चित्त बुझाई दिएर सुढेनीको काम गरिदिनु भएको छ।ू नयाँ राजनीतिक आवरणमा अवतरण गर्न लागेको नेकपा माओवादीको बारेमा ुमिनि मोहनविक्रमु को त्यो भनाई पछि त ग्यालेरीमा हाँसोको गुञ्जन झनै चर्को सुनियो।
एक जुगमा एक दिन एक चोटी आयो
: प्रचण्डनेकपा माओवादीद्वारा अस्ति आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्ड कवि गोपालप्रसाद रिमालको कविता एक अंश उदृत गर्दै ूएक जुगमा एक दिन एक चोटी आउँछू भने हिजो मध्य रात क्षणलाई त्यसतै भनि उल्लेख गरे।
हिजो रातीको सहमतिलाई ऐतिहासिक भएको छ भन्दै उनले सशत्र युद्धबाट केन्द्रीय सत्ता कब्जा गर्न अप्ठोरो परेपछि आफूहरू १२ बुँदे सम्झैता हुदै हिजोको निर्णयमा आएको बताएका छन्।ु सात दलको अन्दोलनले पनि सफलता पाउन नसक्ने भएपछि उनीहरू पनि माओवादीका साथ लिएर प्रतिगमनलाई प्रास्त गर्न चाहन्थे र हामी पनि त्यहि चाहान्थै। यसै सन्दर्भमा हामी यहाँ सम्म आइपुगेका हौं ु प्रचण्डले भने।
संविधान सभा निर्वाचन नभएसम्म राष्ट्र प्रमुखका रुपमा सरकार प्रमुखनै रहने र त्यसबेलासम्म राजतन्त्र निलम्बनमा रहने बताएका छन्।
प्रचण्डको. मति भ्रष्टः एमाले
: महासचिवनेकपा एमालेका महासचिव माधवकुमार नेपालले सातदलुमाओवादी सहमति भएको भोलीपल्टै नेकपा माओवादीका अध्यक्ष प्रचण्डको तिखो आलोचना गरेका छन्। उनले उक्त आलोचना २२ कार्तिकमा माओवादी अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा एमालेको बारेमा अभिव्यक्त गरेका धारणाहरुको प्रतिवाद गर्ने क्रममा गरेका हुन्।
२३ कार्तिकको प्रतिनिधिसभा बैठकमा एमाले महासचिव नेपालले नाम उल्लेख नगरेर प्रचण्डलाई मतिभ्रमको संज्ञा दिए। वहुदलीय प्रतिष्पर्धा स्वीकार गरेको माओवादी र नेकपा एमालेको बहुदलिय जनवादमा के भिन्नता रह्योरु भन्ने पत्रकारको प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दललाई क्रान्तिकारी र एमालेलाई सामान्तवादी बताउँदै भनेका थिए, ूदुबैलाई समान देख्नु हात्ती र हात्ती छाप चप्पल उस्तै-उस्तै हो भने जस्तै हो।ू त्यसै तर्फ संकेत गर्दै प्रतिनिधिसभाको बैठकमा महासचिव नेपालले भने, ूक्रान्तिकारी एमालेलाई सामान्तवादको पक्षपाती भन्ने मतिभ्रम भएका व्यक्तिहरु अझैं पनि छन् भन्ने थाहाँ पाउँदा अचम्भित भएका छौं।ू
ुअन्तरिम सरकारको नेतृत्व वर्तमान प्रधानमन्त्री कोइरालाले गर्नेु अध्यक्ष प्रचण्डको भनाईको पनि महासचिव नेपालले कडा प्रतिवाद गरेका थिए।
राजनीतिक जुवा खेलेको छु
: प्रधानमन्त्रीप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सात दल र माओवादीबीच भएको ऐतिहासिक सहमतिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। २२ कार्तिकको विहान २ बजे भएको सो सहमतिको प्रतिलिपि उनले २३ कार्तिकमा बसेको संसदको बैठकमा सभामुख सुवास नेम्वाङलाई दिएका थिए। सभामुखले सहमतिको व्यहोरा पढेर सुनाएका थिए।
सभामुखलाई सहमति पत्र हस्तान्तरण गर्नुअघि मन्तव्य व्यक्त गर्दै प्रम कोइरालाले आफ्नो उमेर र स्वास्थ्यलाई हेरेर आफूले राजनीति दाउ लगाएको र राजनीतिक जुवा खेलेको बताए। ँत्यसैले यो सहमतिलाई छिटो पूर्णता दिनुपर्छ भन्नेमा छुू, उनले भने। प्रधानमन्त्रीले माओवादीसँग भएको सहमतिलाई ऐतिहासिक भन्दै जनआन्दोलनको बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाले अन्तरिम संविधान जारी गर्ने अर्को ऐतिहासिक जिम्मवारी पाउन लागेको बताए।