Three minors killed in blast 

तेहथुममा बम पडकिएर तीन तीन अवोध बालबालिकाकाको मृत्यु भएको खबर सुनेर दिक्क लाग्यो । अस्तिमात्र सरकार-माओवादीबीच सशस्ज्ञ व्रि्रोह अन्त्य गरी मुलुकमा शान्ति स्थापना गर्ने ऐतिहासिक सम्झौता भएको थियो । त्यसपछि यो देशमा कतै बम पडकिएला, हतियार चल्ला र मानिस मारिएलान भन्ने सोचिएकै थिएन ।

तर, भयो सोचाइको ठिक विपरितका कुरा । बिहीबार नौ वर्षिय रुपान खाङदङा, ५ वर्सिषय रस्मिता र जीतबहादुरका चार वर्षिय छोरा सुसान फाम्बुको मृत्यु भएछ । उनीहरु सबै संग्राति गाविस ७ निवासी हुन ।

बम चलाउदा चलाउदै तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यहा बम कसले राख्यो भन्ने जानकारी हुन सकेको छैन । माओवादी र सरकार दुबैले त्यहां आफना सेना नरहेकाले बम नराखिएको दावी गरेका छन । उसो भए कसले राख्यो त त्यो बम र तीन अवोध बालबालिकाका बित्थामा हत्या भयाो ?