Eight party fighting for post

माओवादीसहितको राजनीतिक दलहरु अब सुधि्रएलान कि भन्ने थियो । अब पद, पैसामा नभुलिएलान भन्ने ठानिएको थियो । तर, उनीहरु फेरि नेपालको राजनीिितलाई पुरानै गोलचक्करमा लाने तरखर गरिरहेका छन ।

सात दल र माओवादीबीच अन्तरिम संसद्मा जनवर्गीय तथा पेसागत संगठन, उत्पीडित जाति तथा क्षेत्रका प्रतिनिधि र राजनीतिक व्यक्तित्वहरूबाट नियुक्त हुने ४८ सदस्यको बाँडफाँडमा अझै विवाद रहेको छ ।

माओवादीसहित आठै दलले आ-आफ्नो पार्टीको कोटाबाट सदस्य नियुक्त गर्ने तयारी गरेपछि नागरिक समाज र पेसागत संगठनबाट अन्तरिम विधायिकामा प्रतिनिधित्व गराउन नयाँ समस्या उत्पन्न हुन लागेको छ । जनआन्दोलन-२ मा नागरिक समाज र पेसागत संगठनहरूबाट उल्लेखनीय योगदान पुर्‍याएका कुनै ...   more »