Why prachanda postpond his India visit ?

आज हुने भनिएको शान्ति संझौतामा हस्ताक्षर हुन नसकेपछि माओवादी अध्यक्ष प्रचण्डको भ्रमण स्थगित भएको छ । भ्रमण स्थगित भएको जानकारी माओवादी प्रबक्ता कृष्णबहादुर महराले दिएपनि कारण भने खुलाइएको छैन ।
हस्ताक्षर कार्यक्रम रोकिए लगत्तै प्रचण्ड प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न बालुवाटार पुगेका थिए । कोइरालासंगको भेटपछि शान्ति संझौतामा हस्ताक्षर पछि मात्र प्रचण्ड भारत भ्रमणमा जाने बताइएको छ । भारतीय नेता सिताराम याचुरीले समेत शान्ति संझौता पछि मात्र जान सल्लाह दिएपछि प्रचण्डको भ्रमण रोकिएको बताइएको छ । प्रचण्ड भोली आज कै समयमा भारत जाने सम्भावना छ ।
शान्ति संझौतामा हस्ताक्षर गरेपछि भारत जाँदा भारतिय जेलमा ... more »