King will take in jail !

दाइ विरेन्द्रको वंशकै हत्या गर्दासमेत कुनै बेला गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाइ गद्धीमा राख्न अहम भूमिका खेलेका थिए ।०५८ सालमै हत्याराको अभियोगमा खोरमा जाक्नु पर्ने ज्ञानेन्द्रलाइ अहिले आएर भने कारवाही हुने आशा जागेको छ । बुढा प्रधानमन्त्री गिरिजाले पनि ज्ञानेन्द्रमाथि कारवाही गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन ।जे होस ५ वर्षपछि ज्ञानेन्द्रलाइ कारवाही हुने सम्भावना छ । पहिला दाइ मारेको अभियोग लागेको हो अहिले चाहिं जनता मारेको अभियोगमा ज्ञानेन्द्रलाइ जेल कोच्नु पर्छ । उनलाइ कस्तो प्रकृतिको कारवाही होला त्यो चाहिं प्रतिक्षाकै विषय हो ।

आज सार्वजनिक भएको यो समाचारबाट कारवाहीको आशा गर्ने आधार तय गरेको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जनआन्दोलन २ दवाउने उपर छानविन गर्न गठित उच्चस्तरीय छानविन आयोगको प्रतिवेदन कार्यन्वयन गरिने प्रतिवद्धता जनाएका छन ।

गृहनगर बिराटनगरमा पत्रकारसंग कोइरालाले सो प्रतिवद्धता जनाएका छन । पत्रकारहरुले सरकार राजालाई पनि कारवाही गर्न तयार छ भनि राखेको जिज्ञासामा कोइरालाले राजाको सम्पति ट्रष्ट बनाएर संचालन गर्न अगाडि बढेको सरकारले राजालाई कारवाही गर्दैन भनेर नसोच्न भने । उनले माओवादीलाई सैन्य भर्ती रोक्न फेरि आग्रह गरेका छन ।

आयोगले प्रधानमन्त्री राजधानी र्फकनसाथ प्रतिवेदन सरकारलाई बुझाउदै छ । राजालाई कारवाहीको प्रक्रियालाई लिएर दुई सदस्यले असहमती समेत प्रकट गरेका छन । आयोग स्रोतका अनुसार राजालाई बर्तमान कानुन अनुसार कारवाही गर्न नमिल्ने भन्दै नयाँ कानुन बनाउन संसदलाई आग्रह गरेको छ ।