Royalist in meeting with king !

मैले यो खबर हिजो नै अपडेट गर्न खोजेको थिए । तर नेटको समस्याले सम्भव हुन सकेन । तसर्थ हिजै लेखिएको यो बासीखबर यहांहरु समक्ष प्रस्तुत गरेको छु ।

शाही वंशका अन्तिम राजा हुने सुरसारमा रहेका ज्ञानेन्द्र शाह गद्धी जाने भयो भनेर रन्थनिएका छन । त्यही कारण भित्रभित्रै भर्खरै प्राप्त लोकतन्त्र विरुद्ध षडयन्त्र गरिरहेका छन । उनको षडयन्त्र सफल होला या विफल त्यो त भविश्यले नै बताउला ।

तर, हिजो मैले प्राप्त गरेको जानकारी चाहिं उदेक लाग्दो छ । मुलुकको राज्य संचालनमा सबै हैसियत गुमाएका मुर्ति राजा अहिले नागार्जुन दरबारमा बसिरहेका छन रे । त्यो दरबारमा बसेर लोकतन्त्र विरुद्धका तानाबाना बुनिदै छ रे । यस्तो प्रचार स्वयम दरबारियाहरुले नै गरिरहेका छन ।

नेपालगंज घर भएका एक जना भाइ श्रीघर आजकाल किर्तिपुर बस्छन । उनले हिजो बिहान किरि्तिपुरमा एक जना शिवसेनाका व्यक्तिले नागार्जुनमा दरबारियाहरुको भेला भइरहेको र त्यसले लोकतन्त्र कमजोर पार्ने षडयन्त्र गरिरहेको भन्दै त्यहांका मानिसहरुका सामु रवाफ देखाइरहेको देखेछन ।

त्यो भेलामा राजा ज्ञानेन्द्रका अतिरिक्त लोकतान्त्रिक सरकारले प्रधानसेनापति नियुक्त गरेका रुकमाङगत कटवाललगायतका व्यक्तिहरु रहेको बुझिएको छ । कटवाललाइ कारवाही गर्न जनआन्दोलन-२ दमनबारे छानविन गर्न गठित समितिले सिफारिस गरेको छ । यसका अतिरिक्त लोकमानसिंह कार्की, तत्कालिन प्रहरी प्रमुखहरु, तत्कालिन काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख सुशिल घिमिरेलगायतको जागिर खोस्न सिफारिस गरेको छ । राजा स्वयमलाइ पनि कारवाही गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले समेत आयोगको प्रतिवेदन अनुसार राजालाइ समेत कारबाही हुने बताइसकेको छन । त्यो प्रतिवेदन आजै बिहान कोइरालाको हातमा परेको छ । अब राजादेखि निरंकुश शासनका मतियारहरुमाथि कारवाही हुने निश्चित छ । जसमा राजाका सल्लाहकार भनिने सरदचन्द्र शाहदेखि कमल थापा, तुलसी गिरी इत्यादिको नाम छ । आयोगलेकारवाहीको सिफारिस गरेकै दिन बिहानैदेखि दरबारियाहरु गुप्त भेलामा जुटनु संयोजमात्र नभएर नियोजित योजना हुन सक्छ । लोकतन्त्रवादीले यसतर्फ होरियास रहनु जरुरी छ र, यो भेलाको तथ्यहरु बाहिर ल्याउनु जरुरी छ । यदी नेपाल इन्फोका पाठकहरुलाइ त्यसबारे कुनै थप सूचना प्राप्त भएमा सबै पाठक सामु राखिदिनु होला है ।

अं अनि हिजो दिइएको प्रतिवेदनले राजा ज्ञानेन्द्रलाइ मुख्य दोषी ठहर गरेको छ । त्यो प्रतिवेदनले सशस्त्र प्रहरी उपरीक्षक दुर्जकुमार राइ, सेनाका सेनानीद्धय रवि केसी र अनिस रिजाल, सैनिक हबल्दार रवि बुढाथोकी, प्रहरी सहायक निरीक्षक रामप्रसाद घर्तीलगायत १५ जनालाइ ज्यान सम्बन्धी मुद्धा चलाउन, तत्कालिन प्रधानसेनापति प्यारजंग थापा, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक श्यामभक्त थापा, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक सहवीर थापा, राष्टिय अनुसन्धान विभागका तत्कालीन प्रमुख देवीराम शर्मा, तत्कालिन मुख्यसचिव लोकमानसिंह कार्की, काठमाडौका प्रजिअ सुशिल घिमिरे, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक माधव थापालाइ सेवाबाट हटाउन, प्रधानसेनापति रुकमाङगत कटवाल, सशस्त्र प्रहरी बलका प्रमुख बासुदेव ओली, सेनाका उपरथी कुलबहादुर खडका, सेनाकै युद्धकार्य विभागका महानिर्देशक उपरथी किरणशमसेर थापा, नेपाल प्रहरीका एआइजीद्धय राजेन्द्रबहादुर सिंह र कृष्ण बस्नेत, डीआइजी रुपसागर मोक्तान, सशस्त्र प्रहरीका एआइजी रवीराज थापा, डिआइजी दिलीप श्रेष्ठ, रक्षासचिव विष्णुदत्त उप्रेति, तत्कालिन गृहसचिव बालकृष्ण प्रसाइ, तत्कालिन संचार सचिव कुमार पौडेल र सहसचिव नारायणगोपाल मलेगोलाइ विभागीय कारवाही गर्न, राज्य कोषको दुरुपयोग गरेकाले तुलसी गिरी, किर्तिनिधि विष्ठलगायत तत्कालिन मन्त्रिपरिषदका ४३ जना र कमल थापा, टंक ढकाल, श्रीशसम्सेर राणा, प्याराजंग थापा, क्षेत्रीय प्रशासक, अञ्चल प्रशासक, तत्कालिन अवस्थामा राजनीतिक नियुक्ति पाएकाहरु, राष्टबैकका गभर्नर बिजयनाथ भटराइमाथि भ्रष्टाचारको मुद्धा चलाउन र परशुनारायण चौधरी, सच्चितशमशेर राणा, भरतकेशर सिंह, तत्कालिन प्रमुख निर्वाचन आयुक्त केशवराजा राजभण्डारीलाइ कानून बनाइ कारवाही गर्न सिफारिस गरिएको छ । हेरौ यो सिफारिस पनि ०४६ को मल्लिक आयोगको प्रतिवेदन जस्तै हुने हो वा कार्यान्वयन हुने हो । राजासहित २०२ जनालाइ कारवाही गर्न सिफारिस गरेपछि अभियुक्तहरु तिल्मिलाएरै त नागार्जुन दरबारका लठठ पर्ने गरी रक्सी खाएर भेला गर्न जुटेका होलान । राजा ज्ञानेन्द्र पनि पेगले माते होला हगि ।