Honorable and Terrorist

समयले मानिसलाइ कहां कहां पुर्याउछ भन्ने गीत सुनिएकै हो । हिजो साझ त्यस्तै भयो । हतियार बोकेर राजनीति गरिरहेको माओवादी शान्तिपूर्ण राजनीतिमा फर्केको छ । ११ वर्ष लामो हतियारको राजनीति त्याग गरेको छ । अब मुलुक शान्ति पथमा अगाडि बढेको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हिजो भब्य समारोहकाबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर मुलुकमा हिंसाको राजनीति सकिएको उदघोष गरे ।
सम्झौताले मुलुकलाइ नयां युगमा प्रवेश गराएको छ । अब नेपाली जनताले शान्ति पाउने भए भन्ने दस्तावेज विश्वसामु पुगेको छ । यसरी द्धन्द्धग्रस्त मुलुकलाइ शान्तितिर फर्काउने अभियानकर्ताहरुलाइ धन्यवाद दिनै पर्छ । अझ भनौ गिरिजाप्रसाद ... more »