PM discussed with security chief

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुरक्षा निकायका अधिकारीहरूसँग देशको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गरेछन । यो जानकारी पाएपछि मलाइ उनीसंग सोध्न मन लाग्यो-के जनसेनासंग छलफल नगर्ने । खाली रुकमाङगतसंग मात्र ।

हो, कोइरालाले रक्षा सचिव विष्णुदत्त उप्रेती, नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटुवाल, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारलगायत नेपाल प्रहरीका अधिकृतहरूसाग शुक्रबार छलफल गरे । जनसेनाका प्रमुख त अझै प्रचण्ड नै हुन क्यारे उनीसंग देशको शान्तिसुरक्षाको जानकारी लिनु उचित होला ।

छलफल प्रधानमन्त्री निवास बालुवाटारमा करिब आधा घण्टासम्म चलेको थियो । छलफलमा बदलिदो अवस्थामा देशको शान्ति सुरक्षालगायतका विषयमा छलफल भएको वालुवाटार स्रोतले जनाएको छ ।

यसैबीच हतियार व्यवस्थापनको कार्ययोजना तयार गर्न सरकार, माओवादी र राष्ट्रसङ्घका प्रतिनिधिबीच छुट्टाछुट्टै छलफल भएको छ । तीनै पक्षबीच आन्तरिक छलफलपछि त्रिपक्षीय छलफल हुने छ ।

यसैबीच त्रिपक्षीय छलफल हुनु पूर्व राष्ट्रसङ्घका महासचिवका स्वकीय प्रतिनिधि इयान मार्टिनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासग भेटवार्ता गर्नुभएको छ । भेटवार्ता हतियार व्यवस्थापनको कार्ययोजनाको विषयमा केन्दि्रत रहेको स्रोतले बताएको छ ।

हतियार भण्डारण, हतियारको सङ्ख्या, सहायक शिविरहरू र अनुगमनलगायतका विषयमा टुङ्गो लगाउन तीनै पक्षबीच बिहीबार पनि छलफल भएको थियो ।

कात्तिक २२ गते सात दल र माओवादीबीचको समझदारी अनुसार मङ्सिर ५ गतेभित्र माओवादी छापामारहरू शिविरमा पस्नुपर्ने र राष्ट्रसङ्घले अनुगमन तथा प्रमाणीकरण गर्नुपर्ने सहमति भएको थियो ।

महासचिवका स्वकीय प्रतिनिधि मार्टिनले त्रिपक्षीय सम्झौता भएपछि मात्र छापामार तथा हतियार व्यवस्थापन हुने बताउदै आउनुभएको छ ।

त्रिपक्षीय सम्झौतापछि त्यससम्बन्धी प्रतिवेदन राष्ट्रसङ्घका महासचिव कोफी अन्नानलाई र अन्नानले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पठाएर अनुमोदन भएपछि मात्र अनुगमन र प्रमाणीकरण हुनेछ ।