Uml leader says to king, be ready for prisinor

 

नेकपा एमालेका नेता वामदेव गौतमले संविधानसभाको चुनावअघि नै राजालाई नागरिक बन्न आग्रह गर्नुभएको छ । जनताको आग्रह नमाने कैदी बन्ने अवस्था आउनसक्ने चेतावनी दिदै गौतमले भन्नुभयो- ूअब बन्ने अन्तरिम संसदसमक्ष राजा आफैँले नागरिक बन्ने घोषणा गर्नुपर्छ ।

एमाले बर्दियाको छैठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले नेता गौतमले संविधानसभामा गणतन्त्रको एजेण्डा लिएर जाने राजनीतिक पार्टीहरूबीच छिट्टै वार्ता गरी मोर्चा निर्माण गरिने जानकारी दिनुभयो ।

ूआगामी जेठ मसान्तभित्रसम्ममा शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धात्मक जनवादी व्यवस्थालाई स्वीकार गरेका वामपन्थी शक्तिहरूको लोकतान्त्रिक मोर्चा निर्माण भइसक्नेछू- एमाले वार्ता कमिटीका संयोजक गौतमले भन्नुभयो- ूहाम्रो वार्ताटोलीले सबै पार्टीहरूबीच गणतान्त्रिक मोर्चानिर्माणको सम्बन्धमा वार्ता गर्नेछ । उहाले एउटै उद्देश्य बोकेर हिडेका दलहरूका फरक नाम र विचारको संयोजन गरी गणतान्त्रिक मोर्चा बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालबाट राजतन्त्रको अन्त्यका लागि सबै गणतन्त्र पक्षधरहरूबीच एकता र आपसी विश्वासको वातावरण सिर्जना हुनुपर्नेमा जोड दिदै एमाले नेता गौतमले भन्नुभयो- राजतन्त्रको अन्त्यका लागि अहिले नै मोर्चा बनाउन जरुरी छ ।ू संविधानसभाको चुनावपछि नेपालमा समान्तवादको अन्त्य हुने दावी गर्दै उहाँले नेपालको पुनर्संरचनाका लागि एकात्मक राज्य व्यवस्थाको अन्त्य गरी सङ्घात्मक राज्य व्यवस्था निर्माण गरिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हस्तक्षेपका कारण सरकारले सङ्क्रमणकाललाई व्यवस्थित गर्न नसकेको नेता गौतमको आरोप थियो । ूसमान सहभागिताका आधारमा सबैले जिम्मेवारी पाउनुपर्छू- उहाले भन्नुभयो- ूप्रधानमन्त्रीले हरेक ठाउमा असमझदारी बढाएका छन् ।स्वससे