What kp oli doing ?

यो पुरानो खबर हो । तर खबरभित्रका अबरसहित यो समाचार यहां समावेश गरिएको हो । तपाइलाइ थाहै छ खुटिट देखेर चाल पाइयो भन्ने नेपाली आख्यान । हो यो समाचार यही आख्यानसंग मिल्दोजुल्दो छ ।
सरकारले जनआन्दोलन-द्द मा भएको दमन र सत्ता दुरुपयोग लगायतका विषयमा छानवीन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वय गर्न उपप्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मन्त्रीस्तरिय समिति गठन गरेको छ। आयोगले राजा सहित २०२ जनालाई दोगाप्ी क।ा। थ।ृकाृ छ ।
११ मंसिरमा भएको मन्त्री परिषद्को बैठकले गठन गरेको समितिमा मन्त्रीहरु कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, नरेन्द्रविक्रम नेम्वाङ र हृदयेश त्रिपाठी छन्। सो समितिले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा सरकारलाई सुझाव प्रतिवेदन बुझाउने बताइएको छ। त्यसको म्याद भने तोकिएको छैन्।
रायमाझि आयोगको प्रतिवेदनले राष्ट्र प्रमुखको रुपमा रहेका राजालाई कानुन बनाई कारवाही गर्नुका साथै अन्य अधिकारीहरुको हकमा सचेतदेखि बर्खास्त गर्ने सम्मको स्वविवेकिय अधिकार सरकारलाई दिएको छ। त्यस्तै केही राजनीतिक व्यक्तिहरुको हकमा पनि मानवअधिकार उलंघन गरेका उल्लेख गर्दै कानून निर्माण गरी कारवाही गर्न भनेको छ। सरकारले उक्त निर्णय सार्वजनिक गरेको छैन्।
यतिसम्म त भयो पुरानो खबर । अब नयां खबर थाहा पाउनुहोला । जसको नेतृत्वमा समिति बनेको छ, उ के हो भन्ने थाहा पाउनासाथ समिति बन्नुको नियत प्रष्ट हुन्छ । ओली १८ असोजदेखि राजा विरुद्ध भएको आन्दोलनको सधै आलोचक थिए । १९ माघपछि पनि नजरबन्दबाट छुटने उनीनै पहिलो नेता थिए । यसले उनको दरबारसंगको घनिष्टता तर्शाृछ नै । उनको बारेमा म के लेखू । आजको कान्तिपुरमा चर्चित लेखक खगेन्द्र संग्रौलाले यिनको बारेमा लेखेको यो समाचार पढौ, अनि यिनको समितिले के काम गर्ला सहजै विश्लेषण गरौ । लौ त ससंग्रौलाजीको लेखको यो अंश हेरौ-
झापाका केपीको कथा खोटाङका केपीसँग आधा बाटोसम्म मिल्छ र त्यसपछि यिनको बाटो फाट्छ । नाबालक छँदा यिनको आफ्नो भन्नु कोही थिएन । न पैतालामुनि उभिने आफ्नो माटो थियो न शिरमाथि टाउको लुकाउने आफ्नो छानो थियो । झापाली केपी साँच्ची नै बेसहारा थिए । यिनलाई सहिद रामनाथ दाहालको परिवारले आश्रय दिएको थियो । बाख्रा चराउँदै, घाँस काट्दै र खोप्पी खेल्दै यिनको किशोर वय बित्यो । खोटाङे केपीले झैँ यिनले पनि जेनतेन एसएलसी पास गरे । पछि रामनाथ झापा विद्रोहमा लागे र केपीले उनका पाइला पछ्याए । रामनाथ राजा महेन्द्रका हातबाट सुखानीमा मारिए, लुक्दै-छिप्दै हिँडेका केपी रौतहटमा पक्राउ परे । अनि यिनले दस वर्ष शाही कारागारको कहर काटे ।
कारागारमा छँदा पार्टीभित्र यिनको एउटा तिलस्मी छवि रचियो । कृषि सर्वहारा केपी माले पार्टीका अनमोल मोती हुन् । चुम्बकीय दिमाग भएका केपीले कारागारमा विशाल अङ्ग्रेजी शब्दकोश खर्लप्पै कण्ठ गरेका छन् । यिनका नाममा यस्ता अतिरञ्जित कथा त कति कथिए कति १ तैपनि पार्टी वृत्तबाहिर भने यिनको उत्रो चिनारी थिएन । एमालेको नौ महिने शासनमा जब यिनी गृहमन्त्री बने, यिनले एकसाथ नाम पनि कमाए र दाम पनि कमाए । मन्त्री बन्नुअघि यिनी कतै साथीको ओछ्यानमा गएर घुसि्रन्थे, कमरेडहरूले स्नेहले दिएका लुगा पहिरिन्थे र तिनकै सद्भाव र मायामा यी जिउँथे । मन्त्री भए र नाटकीय ढङ्गले यिनको चकाचौँध सुरु भयो । अहिले यिनको धनदौलतको लेखो अपरम्पार छ । भनिन्छ, चिनारी लुकाइएका यिनका घरै चार-पाँचवटा छन् । र सुनिन्छ, गृहमन्त्री हुँदा कताकताका पाखैसमेत पनि यिनले आफ्ना नाउँमा दर्ता गराएका छन् । यिनका अदृश्य गाडधनहरू पनि होलान् भनी यिनकै पार्टीका जनहरू घुटुक्क थुक निल्दै लख काट्छन् ।
हो, यसरी झापाली केपी हिजोको आजै हरिकङ्गालबाट नवधनाढ्य सामन्तमा फेरिए । यो परिवर्तनमा उनका पार्टीको योगदान ठूलो छ । सिंहदरबार पसेर पार्टी नेतृत्वले पत्रु राज्यको रूपान्तरण गर्न खोजेन । बरु आफ्नै पात्रजन्य रूपान्तरण गर्न खोज्यो । राजनीतिमा लागिएको जोगी हुन होइन भन्ने लम्पट सूत्र रचियो र भोगवादको ढोका खोलियो । अब राजनीति जनसेवाको साधन रहेन, यो त आफ्नैलागि मेवामा पतीत भयो । कांग्रेसका भ्रष्ट शिरोमणित्रय गोविन्दराज जोशी, खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेझैँ झापाली केपीहरू यही आदर्शबाट विचलन र नैतिक पतनका झर्रा सन्तानहरू हुन् ।
थाहा छ, झापाली केपी अब गरिखाने जनतासँग छैनन् । ती अन्तै छन् । राजा ज्ञानेन्द्रको हैकमवादी असोजतन्त्रले राजतन्त्रलाई मिल्काउने संविधानसभाको प्रसङ्गको उठान गरिदियो । केपीले यसको खिल्ली उडाए । ज्ञानेन्द्रको खुनी मकरतन्त्रले गणतन्त्रको नारालाई मुलुकभरि छ्यापछ्याप्ती फिँजाइदियो । केपीले यस नारालाई खिसी गरे । माओवादीहरू जब बन्दुक बिसाएर प्रतिस्पर्धा र सह-अस्तित्वको शान्तिपूर्ण राजनीति गर्न तत्पर भए, केपीले सधैँ तिनको यता आउने बाटो छेक्न खोजे । कुरा सुन्दा उदेक लाग्छ । तर यो सत्य हो । जब केपी कमल थापाको मुद्रामा शान्ति प्रक्रियामा भाँजो हाल्न खोज्छन्, अमेरिकी कोन्डालिजा राइस मुसुक्क हाँस्छिन् । यो वर्गको कुरा हो । यिनको वर्ग मिल्छ । यिनको वर्गस्वार्थ मिल्छ । यथास्थिति यिनको पि्रय आदर्श हो । र परिवर्तन हो, यिनको परम् शत्रु । त्यसैले झापाली केपीहरू नारकीय यथास्थितिको जोगाउ गर्न लिट्टी कसेर लागिपरेका छन् । यो आफू सुहाउँदो वर्गस्वार्थको कुरा हो ।