Prachanda takes place

शिर्षकले नै बताउछ, यो तस्विर कति ठिक हो या होइन भनेर सबैलाइ बताउने न्यायाधीश स्वयम पाठकहरुलाइ नै बनाउन खोजिएको छ । विगतमा नेपाली रुपैयामा राजाका तस्विर देखिन्थे, राजा ज्ञानेन्द्रको तस्विर छयापछयापती देखिन्थ्यो । अहिले आएर प्रचण्डको फोटो भएको रुपैयाको तस्वीर आएको छ, यो कुनै दिन सत्यमा परिणत हुन सक्छ । राजा फयाक्छु भनेर सशस्त्र विद्रोह हाकेको व्यक्तिले मुलुकको राष्टपति हुने सपना देखेको हुन्छ । यदि संविधान सभाबाट राजा फयाकिए भने मुलुकमा राष्टपति राष्टप्रमुख हुने छ । त्यति बेला बाचिरहे गिरिजाप्रसाद कोइराला होलान, नभए प्रचण्डको विकल्प छैन । अनि राष्टप्रमुख भएपछि नेपाली नोटमा प्रचण्डको तस्विर राख्नु कुन अनौठो होला र । जे होस भविश्य त गर्भमै छ, साथी लेलिन वन्जाडेले तयार पारेको यो कृति चाहिं राम्रो नै छ । नेपालइन्फोको मेलमा प्राप्त यो तस्विर तपाइहरुका सामु पस्केको छु ।
अं अनि एउटा कुरा प्रचण्डको तस्विरमा राजाले लगाउने झै श्रीपेच लगाइएको छ । यो कति ठिक हो । हुन त जनआन्दोलनबाट राजा ज्ञानेन्द्रलाइ शाही नेपाली सेनाको परमाधिपतिबाट गलहत्याइएको छ, प्रचण्ड चाहिं माओवादी सेनाको सुपि्रम कमाण्डर 'परमाधिपति' नै छन क्यार । यही कारण त होइन श्रीपेच भिडाइएको
?