No news !
हातको घडी यसो हेरेको त सवा चार बजेछ । सायद सात दल र माओवादीका शिर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भयो होला । आजकै वार्ताले सहमति पत्र सार्वजनिक गर्ने होहल्ला पिटाइएको छ । तर मलाइ यो कुरामा पटक्कै विश्वास छैन । हतियार व्यवस्थापनको मुद्धा टुंगिन खोजेजस्तो देखिएन पनि राजनीतिक मुद्धाहरु-अन्तरिम संविधान, अन्तरिम सरकार, संविभान सभा या जनमतसंग्रह, अन्तरिम सरकार आदिका विषयमा पूर्ण सहमति बनिसकेको अवस्था छैन । तसर्थ म चाहिं आजको वार्ता सहमतिको छेउछाउ पुगेपछि परिणमनै ल्याउने तहमा पुग्छ भन्ने विश्वासमा छैन । मलाइ अल्टिपनि लागिरहेको थियो, केही लेख्न मन थिएन । तर सारा जनताको चासोको विषय बनेको ... more »