No news !
हातको घडी यसो हेरेको त सवा चार बजेछ । सायद सात दल र माओवादीका शिर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भयो होला । आजकै वार्ताले सहमति पत्र सार्वजनिक गर्ने होहल्ला पिटाइएको छ । तर मलाइ यो कुरामा पटक्कै विश्वास छैन । हतियार व्यवस्थापनको मुद्धा टुंगिन खोजेजस्तो देखिएन पनि राजनीतिक मुद्धाहरु-अन्तरिम संविधान, अन्तरिम सरकार, संविभान सभा या जनमतसंग्रह, अन्तरिम सरकार आदिका विषयमा पूर्ण सहमति बनिसकेको अवस्था छैन । तसर्थ म चाहिं आजको वार्ता सहमतिको छेउछाउ पुगेपछि परिणमनै ल्याउने तहमा पुग्छ भन्ने विश्वासमा छैन । मलाइ अल्टिपनि लागिरहेको थियो, केही लेख्न मन थिएन । तर सारा जनताको चासोको विषय बनेको वार्ताको विषयमा चुपचाप रहन मन लागेन । त्यही कारण वार्तालाइ सकारात्मक रुपमा लिदै आजै सबै कुरो नटुंगिने घोषणा गर्दछु । मेरो अनुमान गलत भए खबरदारी गर्नुहोला । सही साबित भए राजनीतिक पण्डितका रुपमा मलाइ धन्यवाद दिनुहोला । तर यसो भन्दैमा वार्ता नमिल्ने या अरु केही भन्न खोजिएको होइन । वार्ता सहमतिमै पुग्छ, केबल एक दुइ दिन अरु लाग्न सक्छ ।
ल आज शिर्ष वार्ता हुनुअघिको राजनीतिक गतिविधि चाहिं हिमालखबरबाट यहां पस्केको छु ।
सहमति पूर्व परामर्श तिब्र
:सात दल र माओवादीबीचको वार्ता सहमतिमा पुग्ने भनिएको आज ९२० कार्तिक०को अपरान्ह नजिकिँदै क्रमसंगै राजधानीको राजनीतिक वातावरण तातेको छ। परामर्श वैठकहरु तिब्र भएका छन्। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालासँग भेटेका छन भने एमाले महासचिव माधवकुमार नेपालसँग टेलिफोनबाट वार्ता गरेका छन्। एमाले स्थायी समितीको वैठक केन्द्रिय कार्यालय बल्खुमा मध्यान्ह पछि शुरु भएको छ। नेका प्रजातान्त्रिकको केन्द्रिय कमिटीको वैठक पनि सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भइरहेको छ। औपचारीक रुपमा नबताइएपनि आज बेलुकासम्ममा ७ दल र माओवादीका शिर्ष नेताहरुको वैठकले सहमती सार्वजनिक गर्ने करिब करिब तय भएको छ। गृहमन्त्री कृष्णप्रसाद सिटौलाका भनाईमा हतियार व्यवस्थापन तथा कतिपय राजनीतिक मुद्दाहरुमा समेत सरकार र माओवादीबीच सहमति भइसकेको छ र सो सहमतिलाई ८ दलका नेताहरुको बैठकले अनुमोदन गर्न बाँकी छ। सरकार र माओवादीबीच भएको भनिएको सहमति अनुरुप संयुक्त राष्ट्र संघको अनुगमनमा रहने गरी माओवादीका सेना क्याम्पमा बस्ने र तिनको हतियारलाई एकल तालाबन्दी ९सिंगल लक० प्रकृया अर्न्तगत भण्डारण गरिनेछ। यसरी हतियार भण्डारण गर्दा लगाइएको ताल्चाको साँचो माओवादीसंग रहने छ त्यो ताल्चा कसैले छोएमा राष्ट्र संघले क्लोज सर्किट क्यामेरा ९सिसीटिभि० मार्फत हेर्नेछ। त्यस अवस्थामा साइरन समेत बज्ने व्यवस्था मिलाउने सहमती भएको छ। यसवाहेक हतियार भण्डारण गरिएको स्थान र माओवादी सेना रहेको ब्यारेक तथा आफ्ना उच्च नेताहरुको सुरक्षार्थ 'जनसेनाुले केही सामान्य हतियार राख्न पाउने छ। गृहमन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार शिर्ष नेताहरुले अनुमोदन गरेपछि यो सहमति कार्यान्वयनमा जानेछ।