Oh, new national anthem 

नेपालमा लोकतन्त्र आएको छ। राजालाइ पुज्ने सबै संरचनाहरु भत्काउदै लगिएको छ । यही क्रममा राजारानीको जयजय गाउने राष्टिय गीतको ठाउंमा नयां राष्टिय गीत गाउने दिन नजिकिएको छ । मैले हिमाल खबरबाट उसको समाचार साभार गरेको छु ।

ल गाऔ नयां राष्टिय गीत र यो गीत रच्नेको बारेमा जानौ

सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेचीुमहाकाली।

प्रकृतिका कोटिुकोटि सम्पदाको आँचल

वीरहरुका रगतले स्वतन्त्र र अटल

ज्ञान भूमि, शान्ति भूमि, तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभुमी नेपाल।

बहुल जाती, भाषा, धर्म, संस्कृति छन विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

ललितपुर, तिखीदेवलमा बस्दै आएका ओखलढुङ्गा, फाप्ले८, हिलेपानीका ३४ वर्षिय कवि ब्याकुल माईला ९प्रदिपकुमार राई को यी हरफलाई नेपालको नयाँ राष्ट्रगीतको रुपमा चुनिएको छ। राष्ट्रिय गान छनौट गर्न गठित १४ सदस्यीय कार्यदलले १२ सय ९२ जनाको रचना मध्ये उनको यो गीतलाई सर्वोत्कृष्ट मानेको हो।

कार्यदलले १४ मंसीरमा पर्यटन तथा संस्कृती मन्त्री प्रदिप ज्ञावालीलाई सो राष्ट्रिय गान बुझ्एको छ। ँसरकारले हामीलाई सुम्पीएको काम सम्पन्न गरेका छौ, यसलाई अनुमोदनको जिम्मा आम नेपालीको हो, कार्यदलका सदस्य जनगायक रामेशले बताए। देशभरबाट आएका गीतहरु मध्ये २८० छानेर त्यसबाट उत्कृष्ट १० छनौट गरी अन्तिम चरणमा तीन वटा चयन गरिएको थियो। जसमध्ये हरिहर तिमिल्सिनाको दोस्रो र रामप्रसाद ज्ञवालीले लेखेको राष्ट्रिय गीत तेस्रो भएको थियो। ६ महिना अघि संस्कृतीविद सत्यमोहन जोशीको संयोजनमा गठित कार्यदलमा मोदनाथ प्रश्रित, अम्बर गुरुङ, बैरागी काईला, दुर्गालाल श्रेष्ठ, वेञ्जु शर्मा, रामेश श्रेष्ठ, अमर गिरी, नन्दकृष्ण जोशी, बुँद राना, गोपाल ठाकुर, आहुती र श्रवण मुकारुङ थिए।

कवि राईले राष्ट्रीय गानका लागी आफ्नो रचना छनौट भएपछि जिम्मेवारी थपिएको महशुस भएको बताए। २०४७ सालमा अध्ययनका क्रममा राजधानी आएका राईले कानुनमा स्नातक गरेका छन् भने जनप्रशासन विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्। नाम घोषणा भएपछि उनले भनेरचनामा म नभएर हामी नेपाली र जनआन्दोलनको लहरबाट उठेको जनभावना समेटेको छु।मन्त्रीपरिषद्बाट अनुमोदित भएमा व्याकुल माहिलाको यो गीतले चक्रपाणि चालिसेद्वारा रचित श्रीमान गम्भीरलाई विस्थापित गर्नेछ।