Why rmy team in PM residence ?

तपाइलाइ लाग्न सक्छ, आजको बैठकले अन्तरिम संविधान जारी गर्ने निधो गर्ला भनेर । तर म चाहिं पत्याउने पक्षमा छैन । त्यसका भिन्नभिन्न कारण छन । हिजोको शिखर बैठकले पनि यसबारे टुंगो लगाउन सकेन । कारणः शिखर बैठक अघि जर्नेलहरुको हुल प्रधानमन्त्री भेटन बालुवाटार पुगेको थियो ।

प्रधानसेनापति रुकमाङगत कटवाल, राजाका अंगरक्षक टीका धमला, रक्षा सचिव विष्णुदत्त उप्रेति, प्रधानमन्त्रीका रक्षा सल्लाहकार रमेशजंग थापा अचानक बुधबार बिहान ९ बजे बालुवाटार छिरेका थिए । अन्तरिम संविधान टुंगो लगाउने भनिएको दिन यी प्रतिगामी पात्रहरु बालुवाटार छिर्नाले के संकेत गर्छ तपाइ नै विश्लेषण गर्नुस । मलाइ चाहिं जनताको चाहना पूरा हुन नदिने र राजाको ग्राण्डडिजाइन अन्तर्गत यिनीहरु प्रधानमन्त्रीलाइ प्रभावित पारी राजनीतिक परिवर्तनमा भाजो हाल्न कुदाकुद गरे झै लाग्छ ।

करिव ४५ मिनेट यिनले प्रधानमन्त्रीको दर्शन गरेका थिए । त्यही भेटकै कारण हिजो अन्तरिम संविधानबारे टुंगो नलागेको बुझन गाह्रो छैन । प्रधानमन्त्री कोइरालालाइ राष्टपति बन्न माओवादीले गरेको प्रस्ताव उनले अस्वीकार गरेकाले बैठक टुंगोमा नपुगेको बुझिएको छ । यसको अर्थ राजालाइ नै राष्टप्रमुखको भूमिका अन्तरिम संविधानमा दिने तानाबाना बुनिएको छ, कोइराला राष्टप्रमुख हुन नमानेपछिको अर्थ के होला त । हुन पनि राष्टप्रमुखको भत्ता राजाले खाने अरु चाहिं पदमात्र ओगटने कुरा कति ठिक हो, छलफल आवश्यक छ । अझै अन्तरिम संविधानमा धेरै विवाद रहेको बुझिन्छ, तसर्थ आज पनि यो जारी हुने देखिदैन ।

प्रधानमन्त्रीले हतियार व्यवस्थापन नभै अन्तरिम संविधान जारी नगर्ने अडान राख्दै आएका हुदैहुन । अनि उनले आजै बिहान राष्टसंघीय महासचिवका स्वकीय प्रतिनिधि इयान मार्टिनलाइ भेटेर हतियार व्यवस्थापनका लागि माओवादी सेना र हतियारको तत्काल भेरिभिकेशन थाल्न आग्रह गरे । यसले पनि बताउछ, हतियारपछिमात्र अन्तरिम संविधान ।