Prachanda should Learn by Bishownath
माओवादीले चरम पदिय मोह देखाउदै आफना मानिस राजदूत नबनाएको नाममा सारा जनतालाइ सास्ती दिने गरी बन्द आह्वान गरे । तर सरकारले नै एउटा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिले चािहं मौन विरोध गरेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाइ शिर निहुर् याउन वाध्य तुल्याए ।
मानवअधिकार आयोगको अध्यक्ष पदमा सिफारिस भएका पूर्वप्रधानन्यायधीश विश्वनाथ उपाध्याय र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच ४ पुसमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालयको स्रोतले दिएको जानकारी अनुसार आयोगको सदस्य पदहरूका लागि आफूसँग सल्लाह नभएको भनी उपाध्यक्षद्वारा व्यक्त असन्तुष्टि सार्वजनिक नगरिदिन प्रमले आग्रह गरेको बुझिएको छ।
भेटवार्ताका लागि उपाध्यायको ज्ञानेश्वरस्थित निवासमा बिहान ९:३० मा पुगेका प्रम कोइराला र उपाध्यायबीच आधा घण्टासम्म छलफल भएको थियो।
सदस्यको नाम सिफारिस भए लगतै पूर्वन्यायधीश उपाध्यायले आफ्नो नियुक्तिको बारेमा सल्लाह भएको तर अन्य सदस्यको बारे आफूसँग कुनै सल्लाह नभएको भनि विभिन्न सञ्चारमाध्यममा असन्तुष्टि व्यक्त गरेका थिए।
हो संवैधानिक अंगको प्रमुख हुने पात्र यस्तै हुनुपर्छ अनिमात्र संवैधानिक निकायको हैसियत बढछ । यतिमात्र नभएर असन्तुष्टि गर्ने माओवादीको शैली भन्दा विश्वनाथकै शैली ठिक । के असन्तोष छ भन्दैमा सडकमा टायर बालेर जनतालाइ सास्ती दिनु ठिक हो र । माओवादीले सिकुन उपाध्यायबाट । अझ रोचक कुरा त के छ भने एउटा दाहाल विश्वनाथ चुपचाप लागेर प्रधानमन्त्रीलाइ झुकाउन वाध्य भए अर्का दाहाल प्रचण्डले चािहं उनीबाट सिकेनन । एउटा दाहालबाट अर्को दाहालले किन नसकने । ढिलो नगर्नुस प्रचण्डजी ।