What happen ?
यसो नेट सर्च गरेको त रमाइलो समाचारहरु पढन पाइयो ।
तनहुँ डेटलाइनमा राससले प्रेषित गरेको यो समाचार त झनै रोचक लाग्ने नै भयो:नेपालमा हालै गरिएको एक सर्वेक्षणले नेपालका किशोरीहरु छिट्टै रजस्वला हुन थालेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य महाशाखाद्वारा प्रकाशित तथ्याङ्कबारे जानकारी दिदै महाशाखाका निर्देशक डा. बालकृष्ण सुवेदीले उक्त जानकारी दिनुभएको हो ।
परिवार स्वास्थ्य महाशाखाद्वारा दमौलीमा आयोजित एक गोष्ठीमा डा. सुवेदीले किशोरीहरुको रजस्वला विगतमा १२ वा १३ वर्षको उमेरतिर हुने गरेकोमा पछिल्लो तथ्याङ्मा सो समय घटेर १० देखि ११ वर्षमै किशोरीहरुको रजस्वला सुरु हुने गरेको बताउनुभयो ।
सो अवसरमा डा. शिलु अर्यालले प्रत्येक ... more »