Maoist army coming outside !!!!! 


माओवादी वार्ता टोलीका सदस्य दिनानाथ शर्माले अदृश्य शक्ती २०४७ सालको संविधान जोगाउन लागिपरेकाले अन्तरिम संविधान जारी नभएको आरोप लगाएका छन । उनले अब १० दिनभित्रमा अन्तरिम संविधान जारी नभए क्याम्पमा बसेका माओवादी सेना बाहिर निस्कने धम्कि समेत दिए ।
नागरिक सरोकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन । उनले सो अदृश्य शक्ती २०४७ सालको संविधानलाई निरन्तरता दिन लागिपरेको बताए तर अदृश्य शक्ती को भन्ने भने खुलाएनन । शर्माले सरकारलाई चेतावनीस्वरुप एक दिने उपत्यका बन्द गरेको जानकारी समेत दिए ।
सरकारले हालै राजदुत र मानवअधिकार आयोगमा गरेको नियुक्तीलाई लिएर माओवादीले बिरोध जनाउदै आएका छन ।
सोहि कार्यक्रममा प्रजातान्त्रीक कांग्रेसका सभापती शेरबहादुर देउवाले भने राजदुत नियुक्तीमा आफ्नो पार्टीलाई पनि चित्त नबुझेको तर सडकमा नै उत्रनु पर्ने अवस्था नआएको बताए ।