Recumend to prachanda for US as nepal envoy 

 
विगतमा माओवादीले हामी पदको लडाइमा लाग्दैनौ भनेर कसमै खाएका थिए । तर समय बदलिएछ क्यार आजकल पदको भागवण्डामा माओवादी लिप्त हुन थालेको छ । यही कारण राजदूत नियुक्ति विवाद भयो जसले गर्दा माओवादीले आन्दोलन गर्यो । यसबाट जनतालाइ नै सास्ती भयो ।
तर नाटक चािहं हिजो नै समाप्त भयो । प्रचण्डले गिरिजाप्रसाद कोइरालासंग भेट मात्र के गरेका थिए माओवादीको दुई दिने बन्ददेखि सबै आन्दोलन स्थगित गरिएछन । यसले त्यसै पनि देखिन्छ कि माओवादी वास्तविक र सही मुद्धा लिएर आन्दोलनमा उत्रेको ि थएन । नभए सरकारका तर्फबाट राजदूत नियुक्तिको सिफारिस फिर्ता नभइ किन बन्द फिर्ता लिइयो त ।
अनि हिजो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजदुत लगाएतका नियुक्तिको सिफारिस कुनैपनि हालतमा फिर्ता नगर्ने वताए । साथै उहाँले माओवादीले अमेरीकाकोलागि राजदुतको कोटा मागेको तर आफुल दिन नसक्ने जनाएपछि ववाल मच्चाएको समेत दावी गर्नुभएको छ ।
यसो हो भने अमेरिकाका लागि प्रचण्डलाइ नै सिफारिस गरिदिएको भए हुने थियो । किनकी अमेरिकाले माओवादीको अरु त के प्रचण्डलाइ नै सिफारिस गरिए पनि मान्ने थिएन भनेर सबैले बुझेकै छन ।
अन्य धेरैदेशको राजदुतपद खाली रहेको र त्यसमा माओवादी निकटका ब्यक्तिलाई राख्न सकिने वताउँदै कोइरालाले फ्रान्समा त्यस्तो गर्न सकिने वताउनुभयो । उहाँले राजदुत नियुक्तिको विषयमा माओवादी अध्यक्ष प्रचण्डसंग छलफल गरिएको समेत दावी गर्नुभयो ।
माओवादी र एमाले समेतले राजदुत नियुक्ति र मानवअधिकार आयोगमा भएको नियुक्तिको निर्णय फिर्ता लिन माग गरिरहेको वेला प्रधानमन्त्रीले भने सिफारिस कुनै हालतमा फिर्ता नहुने दृढता देखाउनुभएको हो ।
एमाले भने नौटंकी गरिरहेको छ आफनै पार्टीको परराष्ट मन्त्रीले गराएको निर्णय फिर्ता लिन लगाउन खोज्न पागलपन बाहेक के होला र ।