Rebublic !!!!!!
डलरको खेती हो या सत्यतामा आधारिक तथ्यांक हो । मानवअधिकारको क्षेत्रमा क्रियाशिल अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले हिजो सार्वजनिक गरेको एक प्रतिशत साच्चै आशा लाग्दो छ । उसले ८८ प्रतिशत जनता लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको औल्याएको छ ।
५६ जिल्लामा गरिएको सर्वेक्षणमा १७ हजारको मत लिंदा यस्तो परिणाम देखिएको उसको जिकीर छ । यद्यपी यतिले दुई करोड ५० लाख जनसंख्याको भावना प्रतिनिधित्व गर्छ या गर्दैन त्यो चाहि बहसकै विषय हो ।
सर्वेक्षणमा संवैधानिक राजतन्त्रको पक्षमा लज्जास्पद मत ५ प्रतिशत परेको छ भने आलंकारिक राजतन्त्रबारे अनभिज्ञता दर्शाइएको छ ।
यति सार्वजनिक सर्वेक्षण अनुसार नेपाली जनता देखिएका हुन भने अब भनौ-गणतन्त्र जिन्दावाद, जिन्दावाद ।