Withdraw National anthem
नेपालइन्फो दृष्टिकोण/Nepalinfo's Views
संयोगले म हिजो संस्कृतिविद सत्यमोहन जोशीको ललितपुरस्थित वखुण्डोल निवासमा पुगेको थिए । हिजो बिहान १०.०० बजे त्यहां पुग्दा उनी ओढनी खोढेर कान्तिपुर दैनिक पढिरहेका थिए, त्यो पनि पत्रिकामा प्रस्तावित राष्टिय गानका बारेमा छापिएका पाठक पत्रहरु । उनी राष्टिय गान छनौट कार्यदलका संयोजक पनि हुन, उनको कार्यदलले प्रस्ताव गरेको राष्टिय गानका विषयमा उठेको विवादलाइ ध्यान दिनु स्वभाविक हो । यद्यपी पत्रिकाहरुमा जानजातिहरुले व्याकुल माइला दरबारिया नै भए पनि उनको गीतले मान्यता पाउनु पर्ने भनेर आवाज उठाइरहेका छन । व्याकुल माइलालाइ दरबारिया भन्ने लेखकहरुलाइ टेलिफोनबाटै मार्ने धम्की समेत दिएका छन । आजको कान्तिपुर पढेर यो कुरा थाहा लाग्यो ।
लेखक हरिगोविन्द लुइटेलले लेखेको पत्र यस्तो छ, कान्तिपुरमा-राष्ट्रियगान चयन कार्यदलले सिफारिस गरेको गान र स्रष्टाको दरबार भक्तिबारे मैले भिन्न मत राखेको कुरालाई आधार बनाई केही संदिग्ध व्यक्तिले आइतबार बिहान र बेलुका सार्वजनिक टेलिफोनमार्फत भिन्नमत नत्यागेमा मलाई भौतिक प्रहारसमेत गर्ने धम्की दिएका छन् । यसलाई मैले अत्यन्त गम्भीर चिन्ताको रूपमा लिएको छु । यस घटनाबाट मैले दरबारिया षड्यन्त्रकारीले लोकतन्त्रप्रतिको निष्ठाको सवाललाई ओझेलमा पार्न जातीय कोणबाट उत्तेजना फैलाउन खोजेको अर्थमा बुझेको छु । यस्तो प्रतिगामी षड्यन्त्रप्रति सजग रहन म लोकतन्त्रप्रति प्रतिबद्ध समस्त जनतामा अपिल गर्छु । मेरो भिन्नमत स्रष्टाको जातीय पृष्ठभूमिसँग सम्बन्धित नभएको पनि प्रस्ट पार्न चाहन्छु ।
यस्तो गुण्डागर्दी गरेर पनि राष्टिय गान कायम राख्नु होला र । यही विवादबीच मैले जोशीलाइ पनि सोधेको थिए, छनौटमा पुनरावलोकन गर्नु हुन्छ कि ? उनको जवाफ थियो-सबैलाइ चित्त बुझाउन सकिन्न, दुइ वटा शब्द समातेर विवाद गरेर हुंदैन । हेरौ बहस चलिरहेको छ ।
उनको भनाइमा प्रस्तावित राष्टिय गान फेर्ने छनक देखिएन । जन्मदै रोगी गीत नफेर्ने हो भने यसले स्थायित्व पाउन सक्दैन । यति ठूलो विवाद भएपछि यो गीत खारेज गर्ने पर्छ । १२ सय ७२ जना मध्येको एक प्रतियोगी उनका गीत हटाएर त्यसपछिको उत्कृष्ट गीत छानिनु पर्छ । यदि यसो नगर्ने हो भने राजा ज्ञानेन्द्रको चाकडी गर्नेको के स्वयम राजा पनि फर्सदिला छन, उनल्लाइ आफनो गुनगान गाउने खालको राष्टिय गीत लेख्न लगाए भैहाल्यो नि । विगतमा व्याकुल माइलादेखि सबैले यही ज्ञानेन्द्रलाइ राष्टिय एकताको प्रतिक भनेकै हुन क्यार ।
यहां मैले राष्टिय गानमाथि लुइटेलले लेखेको र खगेन्द्र संग्रगौलाले लेखेका छिठ्ठी पनि समावेश गरेको छु
:–चिरप्रतिक्षित नयाँ राष्ट्रिय गानको एक हदसम्म टुंगो भएको खबर पढ्न पाउँदा मलगायत केही साथीमा यसका लेखकबारे प्रश्न उठ्यो । ुनेपाली गीत संग्रहु नामक पुस्तकका सम्पादक पनि कोही ुव्याकुल माहिलाु नामका व्यक्ति नै रहेछन् । उनले ०५९ वैशाखमा त्यो पुस्तकको भूमिकामा राजा ज्ञानेन्द्रको चाकरीमा अन्तिम अनुच्छेद खर्चेका छन् । पुस्तक प्रकाशनमा सहयोगी सबैलाई धन्यवाद दिइसकेपछि यो अनुच्छेद यसरी प्रस्तुत भएको छ- ुयसभन्दा अझ नेपाली गीति साहित्यमा जी। शाह नामले सुस्थापित स्रष्टा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको रचनासमेत यसमा समावेश गर्ने अवसर प्राप्त भएकोमा हामी अत्यन्त गौरवान्वित भएका छौं । मौसुफ सरकारको यस सदाशयतापूर्ण निगाहप्रति सभक्ति कृतज्ञता ज्ञापन गर्दछौं ।ु राजाको चाकरीमा यसरी प्रस्तुत भएका तिनै स्रष्टाले तिनै राजाको निरंकुशताविरुद्ध लडेका महान जनताका लागि राष्ट्रियगान लेखे होलान् र त्यो छानियो होला भनेर हामीले विश्वास गर्न सकेनौं । त्यसैले उक्त पुस्तकका सम्पादक व्याकुल माहिला उनै हुन् कि अर्कै कोही स्रष्टा रु प्रस्ट पारिदिन सम्बन्धित क्षेत्रसँग अनुरोध गर्छु ।
- हरिगोविन्द लुइँटेल
राष्ट्रियगान चयन कार्यदलले झन्डै ६ महिनाको कुदाकुदपछि व्याकुल माइलाको गान रोजेछ । राष्ट्रिय पहिचानको केन्द्रदेखि पर कतै कुनामा अदृश्य रहेका राई जातिका यी माइलाको रचना पुरस्कृत भएको चाल पाउँदा म हर्षले गद्गद् भएँ । तर दुर्भाग्यबस एक दिन बित्न नपाई मेरो हर्षको त्रासद् मृत्यु भयो । यी माइलाले ०५९ वैशाखमा सम्पादन गरेको ुनेपाली गीतसंग्रहु मेरा हातमा पर्यो जसमा यिनको सानो भूमिका छ । भूमिकाको पुछारमा यिनले जी। शाहको यसरी महिमा मण्डन गरेका रहेछन्, ुयसभन्दा अझ नेपाली गीति साहित्यमा जी। शाह नामले सुस्थापित स्रष्टा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको रचनासमेत यसमा समावेश गर्ने अवसर प्राप्त भएकोमा हामी अत्यन्त गौरवान्वित भएका छौं । मौसुफ सरकारको यस सदासयतापूर्ण निगाहप्रति सभक्ति कृतज्ञता ज्ञापन गर्दछौं ।ु
जी। शाह आप
mना गीतहरूको गुणवत्ताले होइन, सामन्ती शासक खलकको सदस्यका नाताले गीतकार गनिएका हुन् । यिनको यो कृत्रिम गन्तीमा शब्द संसारका शाही चाटुकारको योगदान छ । यस्ता जी। शाहका चरणमा यी माइला दासवत् मुद्रामा गड्यौलो सरी लत्रिएका रहेछन् । त्यो पनि धेरै वर्षअघि होइन, चारै वर्षअघि । भूमिकामा प्रयोग गरिएका ुअत्यन्त गौरवान्वित,ु ुनिगाहु र ुसभक्ति कृतज्ञताु जस्ता शब्द-शब्दवालीमा झर्रो चाकरीको कडा गन्ध आउँछ । यी आपmना मालिकलाई मण्डलेहरूले प्रयोग गर्ने चलनचल्तीका शब्द-शब्दावली हुन् । उसोभए आस्था र निष्ठाले यी व्याकुल माइला के हुन् रु के राष्ट्रियगान चयन गर्दा त्यसका स्रष्टाको पृष्ठभूमि नियाल्नु पर्दैन रु मूल फोहोर छ भने त्यसबाट बगेर आउने पानी कसरी पिउन सकिएला र रुअब माइलाको गानबारे केही कुरा । रोजिएको यो गान राजनीतिक चल्तीमा रहेका ढ्याके शब्दहरूलाई तुकबन्दीमा उनेर बुनिएको एउटा सपाट संरचना हो । झट्ट हेर्दा यसमा सबैथोक पुगेजस्तो लाग्छ । तर धारणागत तत्त्वहरूको प्राविधिक संग्रह भन्न मिल्ने यो निरश संरचना मिहिन भावना र तीक्ष्ण अनुभूतिशून्य छ । यसले हाम्रा हृदयका कोमल तारलाई लेसमात्र पनि झङ्कृत गर्दैन ।
गानहरूको त्यत्रो चाङबाट छानिएको सर्वोत्तम गान यही हो भने हामीले भन्नुपर्छ, आह्वान गरेर र होडबाजी गराएर उत्तम कलाको सिर्जना कदापि हुँदैन । त्यस्तो कलाको सिर्जन प्रक्रिया त स्वतःस्फूर्त हुन्छ । विशिष्ट वातावरण, विशिष्ट मनोदशा र विशिष्ट क्षणमा मात्र त्यस्तो रचना जन्मिन्छ । तर कार्यदलमा कलाको सिर्जन प्रक्रियाको मर्म बुझ्ने थुप्रै पण्डित भएर पनि तिनले यो वास्तविकता पर्वाह गरेको देखिएन ।
राष्ट्रियगानमा समेटिनुपर्ने विषय, सिर्जन प्रक्रिया र गानको कलात्मक स्वरूपबारे छापामा केही सार्थक विमर्श भएको मलाई सम्झना छ । दृष्टि र सीपसम्पन्न केही विशिष्ट स्रष्टाको टोली बीचबाट राष्ट्रियगानको रचना गरिनु र व्यक्ति स्रष्टाको नाम नखुलाई त्यसलाई लोकसामु परीक्षणमा राखिनु उचित होला भन्ने मेरो सुझाव थियो ।
तर राजनीतिक दलहरूका केही मान्छे र बाना मिलाउन बाहिरका केही मान्छे राखेर बनाइएको कार्यदलले यी विमर्श र सुझावलाई एकरत्ति वास्ता गरेन । अतिशय प्रजातन्त्रवादी वा जनवादी हुने अभिनय गर्दै सार्वजनिक प्रतिस्पर्धा गराउन लागिपर्दा राष्ट्रियगान पहाड खनेर निकालेको छुचुन्द्रो ठहरियो । रोजिएको यो गान कार्यदलले आफैं आप
mना गलामा झुन्ड्याएको एउटा त्यस्तो गाँड हो जसले न शोभा दिन्छ, जसलाई न सजिलै काटेर फाल्न मिल्छ ।-खगेन्द्र संग्रौला